Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनको चुनाव जित्ने रणनीति कि उदार मन ?

फिल्मीखबर, काठमाडौं, 2023/01/17

Saabin Shrestha

 

देश निर्वाचनमय हुँदा चुनाव जित्नका लागि राजनीतिक दलका उम्मेदवारहरुले साम, दाम, दण्ड, भेद सबै नीति अपनाउने गर्छन् । नेताको यो शैली फिल्म क्षेत्रमा पनि लागू हुन्छ । फिल्म सम्बद्ध संघ-संस्थाहरु चुनावको मुखमा रहँदा उम्मेदवारहरुले आकाशका तारा खसाल्ने जस्ता योजना सुनाउँछन् । भोट तान्न अनेकथरी घोषणा गर्छन् । तर, चुनाव जितेपछि नेता जस्तै निष्ठुरी हुने गर्छन् ।  

यतिबेला नेपाल चलचित्र कलाकार संघको चुनावको चर्चा छ । दिनहुँ विभिन्न पदमा उम्मेदवारी घोषणा भैरहेका छन् । अहिलेसम्म अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्, जसमा रविन्द्र खड्का, मोहन निरौला, रेजिना उप्रेती, सुशान्त श्रेष्ठ र सविन श्रेष्ठ छन् । तर, सबैभन्दा बढी चुनाव सविनलाई लागेको देखिन्छ । उनले अहिलेदेखि विभिन्न घोषणा गर्न थालिसकेका छन् ।

उनले माघे संक्रान्तिको अवसरमा फिल्म, म्यूजिक भिडियो, विज्ञापन तथा यसै क्षेत्र सम्बन्धित काम गरेर पाएको पारिश्रमिकबाट १० प्रतिशत नेपाल चलचित्र कलाकार संघमा दिने घोषणा गरेका छन् । यसबाट कलाकार संघमार्फत् कसैलाई सहयोग भए मात्रै पनि आफूलाई खुशी लाग्ने उनले उल्लेख गरेका छन् । आफूले पाएको इज्जत, सम्मान, माया फिल्म क्षेत्रकै देन रहेको उनको भनाई छ ।

उनको यो घोषणालाई धेरैले चुनावी रणनीति मानेका छन् । चुनाव जित्नका लागि उनले कमाईको १० प्रतिशत संघलाई दिने घोषणा गरेको कतिपयको बुझाई छ । यो घोषणा चुनाव लक्षित हो वा उनले उदार मन देखाएका हुन्, त्यो भने समयले नै बोल्नेछ । यद्यपि, पछिल्लो समय उनले मरणोपरान्त अंग दान गर्ने, सार्वजनिक स्थानमा निःशुल्क स्यानिटरी प्याड राख्ने जस्ता कार्य गरिरहेका छन् ।