Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मनसँग मन’ टिजरमा वर्षाप्रति पुष्पको प्रेम

फिल्मीखबर, काठमाडौं, 2023/01/15

Puspa Khadka, Barsa Shiwakoti

 

यही माघ २७ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ । आइतबार माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको ४२ सेकेन्ड लम्बाईको टिजरमा अभिनेता पुष्प खड्काको अभिनेत्री वर्षा सिवाकोटीप्रति प्रेम आशक्ति देखाइएको छ । फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।

वुद्दि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दाको पनि अभिनय रहेको फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्मको निर्माता अरुण तामाङ हुन् । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा/पटकथा छ ।

अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मको छायांकन दार्जिलिङ क्षेत्रमा भएको हो । ‘चालबाज’ नाममा छायांकन भएको फिल्मको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो । कोरोना महामारी नफैलिएको भए २०७७ सालको चैतमा फिल्म प्रदर्शन भइसकेको हुने थियो । त्यसबेला कोरोनाले रोकिएको फिल्म निर्माणको तीन वर्षपछि रिलिज हुन लागेको हो ।