Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विपिन र सौगातपछि ‘भष्मे डन’मा स्वस्तिमाको इन्ट्री

फिल्मीखबर, काठमाडौं, 2023/01/15

swostima khadka

 

२०७३ सालको समीक्षात्मक र व्यवसायिक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निभाएको चर्चित पात्र भष्मे डनको नाममाथि निर्माण हुन लागेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । यसअघि फिल्ममा अभिनेताद्वय विपिन कार्की र सौगात मल्ल अनुबन्धित भइसकेका छन् ।

दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्मको कथा खगेन्द्र लामिछानेले लेखिरहेका छन् । दीपेन्द्रसँग स्वस्तिमाको यो दोस्रो टिमअप हो । यसअघि उनीहरुबीच फिल्म ‘चिसो मान्छे’मा सहकार्य भएको थियो । फिल्ममा विपिनले भष्मे डनको भूमिका निर्वाह गर्नेछन् । अहिले स्क्रिप्ट ‘रि-राइट’को चरणमा रहेको निर्देशक खनालले जानकारी दिए । फागुन १२ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ ।

‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो त्यहीँबाट ‘भष्मे डन’को कथा उठान हुनेछ । ‘पशुपति प्रसाद’को अन्तिममा भष्मे डन केही परिवर्तन हुन खोजेको देखिएको थियो । त्यहाँबाट आजसम्मको उसको यात्रालाई फिल्ममा देखाइने बताइएको छ । पशुपतिनाथ क्षेत्रमा छायांकन हुने फिल्ममा रविन्द्र सिंह बानियाँको पनि अभिनय रहनेछ । दीपेन्द्र र खगेन्द्रले मिलेर फिल्मको निर्माण गर्नेछन् ।