Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिहापछि पलले ‘ओ सजन’ गर्ने, हिरोइनमा कविता

फिल्मीखबर, काठमाडौं, 2023/01/14

paul shah and kabita raya

 

बाल यौन दुरूपयोगमा नवलपुर अदालतले २ वर्ष ६ महिनाको जेल सजाय सुनाएपछि तनहुँ जिल्ला कारागारमा सजाय काटिरहेका लोकप्रिय मोडल तथा अभिनेता पल शाहले रिहा भएपछि फिल्म ‘ओ सजन’बाट कमब्याक गर्ने भएका छन् । शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको निर्माणका लागि हिजो शुक्रबार चलचित्र विकास बोर्डबाट इजाजतपत्र लिइएको छ ।

फिल्ममा पलको अपोजिटमा मोडल कविता राय रहनेछिन् । उनीहरुले यसअघि ‘ओ सजन’ बोलको थारु गीतमा काम गरिसकेका छन् । गीतझैं फिल्म पनि थारु समुदायको कथामा निर्माण हुन लागेको हो । पलले यो फिल्म कानुनी झमेलामा फस्नुअघि नै सम्झौता गरेका थिए । करिब चार दिन अगाडि निर्देशक अधिकारी तनहुँ कारागार पुगेर पललाई भेटेपछि बोर्डमा फिल्म दर्ता गरिएको हो ।

शिवमले भने, ‘पलजी फिल्ममा काम गर्न सकारात्मक हुनुहुन्छ । स्क्रिप्ट लेखन पनि लगभग अन्तिम चरणमा पुगेको छ । उहाँ रिहा भएपछि छायांकन सुरु गर्नेछौं । त्यसबेलासम्म हामी प्रि-प्रोडक्सनको काम सकेर तयारी अवस्थामा रहनेछौं ।’ १ करोडको लागतमा निर्माण हुन लागेको फिल्ममा नरेश योगीको गीत रचना रहनेछ । कविताको कम्पनी राया फिल्मस्ले ‘ओ सजन’को निर्माण गर्नेछ ।

 

o sajan


पटक–पटक स्थगित हुँदै आएको पलविरुद्धको जबरजस्ती करणीको मुद्दाको सुनुवाइ आगामी माघ ३ गते तनहुँ जिल्ला अदालतमा हुँदैछ । तनहुँ अदालतले सफाइ दिने वा कैद सजाए तोक्ने फैसला हुने अनुमान गरिएको छ । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् । आगामी फागुनमा पल शाहले जेल जीवन विताएको एक वर्ष पुग्दैछ ।