Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेकको ट्रेलर यस्तो बन्यो

एजेन्सी, मुम्बई, 2023/01/12

Bollywood News LIVE: Kartik Aaryan's Shehzada Trailer To Be Out TODAY And  More

 

साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित तथा त्रिविक्रम श्रीनिवास निर्देशित सुपरहिट एक्शन-ड्रामा फिल्म ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक ‘शहजादा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ट्रेलर दमदार देखिन्छ । अभिनेता कात्तिक आर्यनको रोमान्टिक र एक्सन अवतारले ट्रेलर हेर्न लायक छ । ‘अला वैकुण्ठपुरमलो’ हेरिसकेका दर्शकलाई भने ट्रेलर औसत लाग्न सक्छ ।

फिल्ममा कार्तिकको जोडी अभिनेत्री कृति सेननसँग बाँधिएको छ । अभिनेत्री मनिषा कोइरालाको पनि फिल्ममा मुख्य भूमिका छ, तर ट्रेलरमा उनलाई एक सेकेन्ड मात्र स्थान दिइएको छ । परेश रावल, सचिन खेडेकर, रोनित रोयको पनि फिल्ममा अभिनय छ । आगामी फेब्रअरी १० तारिख (माघ २७) मा प्रदर्शन हुने यो फिल्मलाई ‘ढिशूम’ फेम्ड निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् ।

‘अला वैकुण्ठपुरमलो’लाई हिन्दी भाषामा डब गरेर गोल्डमाइन्स टेलिफिल्स्ले युट्युब रिलिज गर्न लागेको थियो । तर, यसको हिन्दी रिमेक बन्ने भएपछि फिल्मको हिन्दी डबको रिलिज रोकियो । अब ‘शहजादा’ रिलिजपछि मात्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी डब युट्युबमा रिलिज हुनेछ । फिल्मको हिन्दी डबको युट्युब रिलिज रोक्न ‘शहजादा’ टिमले ८ करोड गोल्डमाइन्सलाई बुझाएको छ ।