Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महोत्सवमा सफ्ट साम्राज्ञी प्रिमियरमा बोल्ड

फिल्मीखबर, काठमाडौं, 2023/01/12

भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका लागि अभिनेत्री साम्राज्ञी आरएल शाहको दौडधुप राम्रै छ । करिब एक साता लामो मोफसल दौडाहापछि काठमाडौं प्रचार-प्रसारमा केन्द्रित भएकी उनी बुधबार दिउँसो चितवन महोत्सवका साथै सोही पर्यटकीय नगरीमा राखिएको प्रिमियरमा सहभागी हुनका लागि फिल्मको टिमसँग चितवन पुगेकी थिइन् ।

 

Samragyee R L Shah


प्रिमियरअघि उनी कलाकार द्वय पुष्प खड्का, सन्दिप क्षेत्री र निर्देशक तथा निर्माता रमेश एमके पौडेलसँग महोत्सवमा सहभागी भइन् । त्यहाँ उनीहरुले न्यायो माया पाए । दर्शकको ठूलो भीड भएकाले कलाकारको सुरक्षाका लागि महोत्सव आयोजक समितिले बडिगार्ड समेत खटाएको थियो । महोत्सवमा दर्शकको भीड देखेर उत्साहित फिल्मको टिमले शुक्रबारका लागि चुले-निम्तो दियो ।

 

Samragyee R L Shah


महोत्सवमा चिसो मौसमबाट बच्न न्यानो पहिरनमा उपस्थित भएकी साम्राज्ञी बुधबार साँझ लक्की मिडिया हाउस चितवनले चितवन सिनेप्लेक्समा आयोजना गरेको प्रिमियरमा भने जाडोलाई नै चुनौती दिने पहिरनमा झुल्किइन् । ‘क्लिभेज‘ देखिने बोल्ड पहिरनमा उपस्थित भएकी साम्राज्ञी प्रिमियरमा आकर्षणको केन्द्रविन्दू बनेकी थिइन् । त्यसो त उनको पहिरन छनौटको सधैं चर्चा हुने गर्छ ।

 

Samragyee R L Shah


चितवनबासीको उल्लेख्य उपस्थिति रहेको प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया मिलेपछि फिल्मको टिम नै उत्साहित बनेको छ । निर्देशक पौडेल भन्छन्, ‘चितवनमा फिल्मलाई हामीले सोचेको भन्दा राम्रो प्रतिक्रिया मिलेको छ । यसले हामीलाई उत्साहितसँगै हौसला बढाएको छ । अब दर्शक प्रतिक्रिया बुझ्नका लागि आतुर छौं ।’ यो फिल्मको मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ ।

 

Samragyee R L Shah


खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको पनि अभिनय रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा तथा गीत छ । फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् भने कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा र संवाद छ । फिल्मलाई शिव ढकालले छायांकन गरेका हुन् ।