Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन काठमाडौं आइन् बलिउड अभिनेत्री मलाइका ?

फिल्मीखबर, काठमाडौं, 2023/01/12

malaika arora

 

बलिउड अभिनेत्री मलाइका अरोरा एक फेसन शोमा सहभागी हुन काठमाडौं आएकी छन् । बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनी नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३’मा सहभागी हुन काठमाडौं आइपुगेकी हुन् । बिहीबार याक एण्ड यति होटलमा हुने रनवेमा मलाइका शो स्टपरको रुपमा रहनेछिन् ।

विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपाल आउन पाउँदा खुसी महसुस भएको बताइन् । नेपाल बसाईंको क्रममा फेसन, संस्कृति, फिल्म, संगीतबारे बुझ्ने प्रयास गर्ने उनले बताएकी छन् । नेपाली गहना र पहिरनमा र्‍याम्प वक गर्न पनि उत्साहित रहेको उनको भनाई छ । उनी बिहीबार उक्त कार्यक्रममा सहभागी भएर शुक्रबार भारत फर्किने कार्यक्रम छ ।

मलाइका यसअघि पनि केही पटक काठमाडौं आइसकेकी छन् । ‘हाउसफुल’, ‘काँटे’, ‘इएमआई’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई बलिउडको फेसन डिभा भनिन्छ । उनको फेसन शैली पछ्याउनेको समुह ठूलो छ । फिल्म ‘दबंग’को ‘मुन्नी बदनाम हुई’ गीतमा नृत्य गरेपछि चर्चामा आएकी अरोरा केही वर्षयता अर्जुन कपूरसँगको अफेयरका कारण मिडियाको लाइमलाइटमा छिन् ।