Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तिम्रो मेरो साथ’मा लभस्टोरी मात्र छैन : साम्राज्ञी

फिल्मीखबर, काठमाडौं, 2023/01/11

Samragyee R L Shah

 

शहरीया युवापुस्तामाझ उल्लेख्य फ्यान फलोइङ बनाएकी अभिनेत्री साम्राज्ञी आरएल शाह करिब तीन वर्षपछि नयाँ फिल्म लिएर दर्शकमाझ पुग्दैछिन् । यही पुष २९ गतेबाट उनी अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ प्रदर्शन हुँदैछ । फिल्ममा उनको अपोजिटमा अभिनेता पुष्प खड्का छन् । ‘मारुनी’पछि यो जोडीले एकसाथ स्क्रिन साझेदारी गरेकाले यो फिल्मको पखाई दर्शकमा व्यग्र छ ।

तीन हप्ताअघि सार्वजनिक ट्रेलरमा प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । तर, साम्राज्ञी ट्रेलरमा देखाइएकोभन्दा फिल्ममा धेरै कुरा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘फिल्ममा लभस्टोरी मात्र छैन । धेरै कुरा हामीले ट्रेलरमा लुकाएका छौं । कति कुराहरु हामीलाई आँखा अगाडि छ र बुझिसक्यौं भन्ने लाग्छ । तर, धेरै कुराहरु देख्दा देख्दै पनि बुझेका हुन्नौं । ती कुराहरु फिल्ममा छ ।’

फिल्मका निर्देशक रमेश एमके पौडेल हुन् । निर्देशनमा उनको यो पहिलो प्रयास हो । उनले यसअघि केही फिल्मको भने निर्माण गरिसकेका छन् । रमेश नयाँ निर्देशक भएकाले साम्राज्ञी सुरुमा फिल्म अफर हुँदा दोधारमा परेकी रहेछिन् । पहिलो पटक नाम सुनेकाले काम गर्ने वा नगर्ने भन्ने अन्योलमा उनी थिइन् । तर, साम्राज्ञीको भेट सुरुमा पौडेलसँग नभइ सविर श्रेष्ठसँग भएको थियो ।

सविरको स्क्रिप्ट न्यारेट गर्ने शैली र व्यक्तित्वबाट प्रभावित भएकी उनी नयाँ निर्देशकसँग काम गर्दा केही कुरा सिक्न पाइने सोचले फिल्म गर्न तयार भएकी थिइन् । उनले हरेक फिल्ममा क्यारेक्टर नयाँ हुने जिकिर गर्दै यसमा पनि फरक रहेको दाबी गरेकी छन् । ‘हरेक फिल्ममा क्यारेक्टर फरक हुन्छ । नाम, निर्देशक, कथावस्तु सबै फरक हुन्छ । त्यसैले यसमा पनि फरक छ,’ उनले भनिन् ।