Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘गुञ्जन’को गीतमा रोमान्टिक सारा र प्रितम

फिल्मीखबर, काठमाडौं, 2023/01/10

Sara Sirpaili, Pritam Raj Senchury

 

यही पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको अष्टमान महर्जन निर्देशित फिल्म ‘गुञ्जन’को नयाँ गीत ‘केवल तिम्रैतिर’ सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक रोमान्टिक भावको गीतमा फिल्मकी अभिनेत्री सारा सिर्पाली र नव अभिनेता प्रितमराज सेन्चुरी प्रस्तुत छन् । दुबईको मरुभूमि र विभिन्न आकर्षक स्थानमा छायांकन भएको गीतमा सारा र प्रितमको केमेस्ट्री सुहाएको देखिन्छ ।

निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द रचना तथा कल्याड सिंहको संगीत रहेको गीतमा कोरियोग्राफी कविराज गहतराजको छ । फिल्ममा सारा र प्रितमको अलावा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, कन्चन चालिसे, निरुता स्याङतान, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतको पनि अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ । २ दशकदेखि द्वन्द्व निर्देशन गर्दै आइरहेका अष्टको निर्देशनमा यो डेब्यू फिल्म हो । फिल्म राम्रो बनेकोले दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् ।