Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुञ्जनाको निर्देशन मोह

फिल्मीखबर, काठमाडौं, 2023/01/09

Kunjana Ghimire

 

कलाकारितामा केही भोटो फटाएपछि प्रायःमा निर्देशनको मोह जाग्न थाल्छ । आफ्नो सोचअनुरुप काम गर्ने हुटहुटीले निर्देशनमा फड्को मार्ने कलाकारको सूचि लम्बिँदो छ । भुवन केसी, निखिल उप्रेती, सरोज खनाल, रेखा थापा, दीपाश्री निरौला, विराज भट्ट जस्ता कलाकारले निर्देशकको परिचय बनाइसकेका छन् । कलाकार कुञ्जना घिमिरे (सुन्तली)मा पनि निर्देशन मोह देखिएको छ ।

उनको निर्देशनमा वेब सिरिज ‘मै राम्री’ निर्माण भएको छ । हुन त यसअघि पनि कुञ्जनाले श्रीमान् सिताराम कट्टेलसँग मिलेर ‘म त मर्छु कि क्या हो’ वेब सिरिज निर्देशन गरेकी थिइन् । पछि यसलाई फिल्मको स्वरुपमा ओटीटी प्लेटफर्ममा सार्वजनिक गरियो । ‘मै राम्री’ भने कुञ्जनाको एकल निर्देशनमा बनेको हो । पुष २८ गतेदेखि यो सिरिज ‘धुर्मुस-सुन्तली’ युट्युब च्यानलमा प्रसारण हुँदैछ ।

प्रत्येक बिहीबार साँझ ६ः४५ मा प्रसारण हुने सिरिजमा बालबालिका र युवाहरुमा विभिन्न बिषयले आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । कुञ्जनाका अनुसार, वेब सिरिजको केही भाग छायांकन भैसकेको छ भने अन्य भागको छायांकन चाँडै गर्ने तयारी भैरहेको छ । दुई साता अगाडि यो सिरिजको ट्रेलर युट्युबमा सार्वजनिक भएको थियो, जसले सकारात्मक प्रतिक्रिया पाएको छ ।

शुबिहानी फिल्मस्को प्रस्तुति रहेको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ । सिरिजमा शिव शर्माको कन्सेप्ट, सन्देश अर्यालको लेखन, राहुल राईको छायांकन, राजेन्द्र बजगाईंको संगीत, सन्तोष क्षेत्री र रविन भट्टको सम्पादन छ ।