Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरको ‘इन्फानाइट स्टुडियोज्’को छात्रवृत्ति

फिल्मीखबर, काठमाडौं, 2023/01/06

सिंगापुरको ‘इन्फानाइट स्टुडियोज्’ले काठमाडौंको अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज) का १५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । स्टुडियोको प्रतिनिधि सुयी मोले बिहीबार आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने १५ जनालाई रकम हस्तान्तरण गरेकी हुन् । ५ जना विद्यार्थीले इन्फाइनाइट छात्रवृत्ति र १० जनाले इन्फानाइट बर्सरी अवार्ड प्राप्त गरेका छन् ।  

 

oscar college


‘इन्फानाइट स्टुडियोज्’ले २०७३ सालदेखि अस्कर कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । प्रतिनिधिको रुपमा नेपाल आएकी मोले भनिन्, ‘कलेजमै विद्यार्थीले सबै सीप सिक्ने भएकाले फिल्म कलेज फिल्म उद्योगका आधार हुन् । यही कारणले हामीले विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका हौँ । आगामी दिनमा हामी अरु क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौँ ।’

 

oscar college


मोले बिहीबार नै कलेजका विद्यार्थीले बनाएका ६ वटा सर्ट फिल्म पनि गर्दै विद्यार्थीसँग फिल्मका विषयमा छलफल गरेकी थिइन् । छात्रवृत्ति वितरण कार्यक्रममा कलेजका प्रिन्सिपल रामराजा दाहालले इन्फानाइटले दिँदै आएको रकम कलेज र विद्यार्थीका लागि ठूलो महत्वको रहेको बताएका थिए । स्टुडियोसँग आगामी दिनमा अरु क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको दाहालले बताए ।

 

oscar college


स्टुडियोले कोरोना महामारीका कारण क्षति बेहोर्नुपरेका विद्यार्थीका लागि भनेर दुई साल अघिदेखि बुरसरी अवार्ड पनि वितरण गर्न थालेको थियो । ‘इन्फानाइट स्टुडियोज्’ले तेस्रो साल पनि यो अवार्डलाई निरन्तरता दिने निर्णय गर्दै बिहीबार यो अवार्ड प्राप्त गर्ने १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको थियो । अस्कर कलेजले फिल्मका विभिन्न विधामा अध्यापन गराउँदै आएको छ ।