Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शक तर्साउन हलमा लाग्यो ‘चि मुसी चि’

फिल्मीखबर, काठमाडौं, 2023/01/06

chi musi chi

 

यस वर्षका लागि पहिलो हरर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ले शुक्रबारबाट प्रदर्शनी सुरु गरेको छ । एकल प्रदर्शनको दुर्लभ अवसर पाएको फिल्मले मल्टीप्लेक्सहरुमा सुखद् शोज पाएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई शुक्रबारका लागि ३४ शो दिएको छ । यसबाट पनि यो फिल्मप्रति प्रदर्शकले ठूलो अपेक्षा राखेको बुझ्न सकिन्छ ।

मंसिर महिनायता नेपाली फिल्मको व्यापार चिसो मौसम झैं चिसिएको छ । आशा गरिएको फिल्म ‘डिसेम्बर फल्स’ले समेत दर्शक तान्न सकेन । मल्टीकास्ट भएकाले अब सिंगो फिल्म क्षेत्रकै आशा ‘चि मुसी चि’माथि छ । त्यसो त नेपाली हरर फिल्मले व्यवसायिक सफलता पाउन नसके पनि इनिसियल व्यापार सुखद् हुने गरेको इतिहास छ । ‘सुनकेशरी’ र ‘कठपुतली’ यसका उदाहरण हुन् ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल, विभुती नेपाललगायतको अभिनय रहेको छ । एक बच्चीलाई बली दिएको कथामाथि फिल्म निर्माण भएको हो । यो फिल्मले नेपालमा हरर-थ्रिलर जनराको नयाँ ट्रेन्ड स्थापित गर्ने निर्माण पक्षको विश्वास छ ।

मर्ण जेम्स र यश सैनीले फिल्मको निर्देशन गरेका हुन् । पटकथा तथा संवाद पनि उनीहरु स्वयंको हो । फिल्ममा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरकपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । फिल्ममा सुशन प्रजापतीको छायांकन, यश सैनीको सम्पादन, रोहित शाक्यको साइन्ड डिजाइन छ । फिल्मको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् ।