Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘द आउट ल’को मुहूर्त, सुशीलको जोडी शिक्षा

फिल्मीखबर, काठमाडौं, 2023/01/05

फिल्म ‘होस्टेल रिर्टन्स’बाट सम्भावना बोकेको नायकको रुपमा उदाएका सुशील श्रेष्ठको मुख्य भूमिका रहने नयाँ फिल्म ‘द आउट ल’को शुभ मुहूर्त गर्दै छायांकन थालिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै ललितपुर नजिकैको एक भव्य सेटबाट छायांकन पनि सुरु गरिएको हो । अबको ४० दिनभित्र छायांकन पूरा गर्ने निर्माण टिमको लक्ष्य छ ।

 

sushil shrestha


रेट्रो ग्रुपको ब्यानरमा निर्माण हुन लागेको फिल्मको अंगेजी नयाँ बर्षमा फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक गरिएको थियो, जसले दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता बढाएको छ । निर्देशक विक्की महर्जनले लामो समयको तयारीपछि छायांकनमा सुरु गरिएको जानकारी दिँदै फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरे । फिल्ममा सुशीलको जोडी अभिनेत्री शिक्षा संर्गौलासँग बाँधिएको छ ।

नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहने फिल्म एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । आगामी वर्षको दशैं आसपासमा फिल्म प्रदर्शन हुनसक्ने निर्माता शशांक खड्काले बताए । स्क्रिप्टदेखि कास्ट एन्ड क्रियूसम्म राम्रो रहेकाले फिल्म पनि राम्रो बन्नेमा उनी आशावादी देखिएका छन् । कानुन नमान्ने व्यक्तिको कथामाथि फिल्म बन्न लागेको हो ।

 

sushil shrestha


शशांक खड्का र अमित अग्रहरीको संयुक्त लगानीमा निर्माण हुने फिल्मको कार्यकारी निर्माता विनोद कडायत हुन् । नविन गुरुङ डीओपी रहेको फिल्म २ करोड हाराहारीको बजेटमा निर्माण हुनेछ । फिल्मको अधिकांश दृश्य काठमाडौं उपत्यकाभित्रै खिचिनेछ । कोरोना महामारीपछि कमब्याक गर्न लागेका सुशीलले राम्रो कथावस्तु र टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।