Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गुञ्जन’ मन नपरे टिकटको पैसा फिर्ता गर्ने निर्माताको घोषणा

फिल्मीखबर, काठमाडौं, 2023/01/05

Hira Shahi

 

आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गुञ्जन’ मन नपरे दर्शकलाई टिकटको पैसा फिर्ता गर्ने निर्माता हिराकृष्ण शाहीले घोषणा गरेका छन् । बिहीबार राजधानीमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो फोन नम्बर समेत दिँदै फिल्म मन नपरे टिकट बराबरको पैसा फिर्ता गर्ने बताएका हुन् । उनले फिल्म राम्रो लागेर नराम्रो भन्नेलाई समेत पैसा फिर्ता गर्ने बताए ।

निर्माता शाहीले भने, ‘प्रदर्शन भएको दिन नै फिल्म हेरिसकेपछि मन परेन भने मलाई फोन गर्न सक्नुहुन्छ । र, म जतिवटा टिकट किन्नुभएको छ त्यसको पैसा फिर्ता गर्ने वाचा गर्छु । फिल्म किन र के कुरा मन परेन भनेर केही प्रश्न त सोध्छु नै । मन परेर पनि मन परेन भन्नुभयो भने पनि म टिकटको पैसा फिर्ता गर्छु । तर, मलाई पूर्ण विश्वास छ कि फिल्म हेरेपछि दर्शकले नराम्रो भन्नुहुन्न ।’

फिल्म मन नपरे टिकटको पैसा फिर्ता गर्ने निर्माताको घोषणाप्रति धारणा राख्दै अभिनेता कबीर खड्काले सबै दर्शकलाई फिल्म मन पर्छ नै भन्ने ग्यारेन्टी नहुने बताए । ‘हरेकको फिल्म हेर्ने नजरीया फरक-फरक हुन्छ । कसैलाई राम्रो लाग्न सक्छ भने कसैलाई नराम्रा लाग्न सक्छ । सबैलाई सन्तोक पार्न सकिन्न । तर, मलाई दर्शकले फिल्म मन पराउनुहुन्छ भन्ने लाग्छ,’ उनी विश्वस्त सुनिए ।

त्यस्तै, अर्का अभिनेता प्रितमराज सेन्चुरी फिल्म आफैंमा राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा ढुक्क देखिए । फिल्मप्रति निर्माताको ‘कन्फिडेन्ट’ले पनि ‘गुञ्जन’ राम्रो बनेको बुझाउने उनको भनाई छ । उनले फिल्म केही फरक रहेको पनि बताए । उनले पहिलो फिल्मको रुपमा ‘रानी महल’ साइन गरेका थिए । तर, छायांकनमै फिल्म अड्किएपछि ‘गुञ्जन’ उनको डेब्यू फिल्म बन्न पुगेको हो ।