Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघको अध्यक्षमा मोहन निरौला उठ्ने

फिल्मीखबर, काठमाडौं, 2023/01/05

mohan niraula

 

नेपाली फिल्मका कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघले आगामी चैत ४ गतेलाई १९औं महाधिवेशनको मिति तय गरेपछि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न सुरु भएको छ । बुधबार संघको बैठकले अधिवेशनको मिति घोषणा गरे लगत्तै कलाकार मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता हुन् ।

आफूले लामो समयदेखि संघमा रहेर काम गरेकोले यसपटक अध्यक्षमा उठ्न लागेको निरौलाले बताए । उनले एजेन्डामा फिल्म क्षेत्रको संरक्षण र सम्वर्द्धन, कलाकारको वर्गिय हित र उत्थान, सामाजिक परिवेशलाई अगाडि सारेका छन् । यी तीनवटा कुरालाई ‘विफ्रिङ’ गरेर चाँडै एजेन्डा पत्र सार्वजनिक गर्ने उनको योजना छ । यसपटक कलाकार संघभित्र सर्वसम्मतको प्रयास भैरहेको छ ।

‘आर्दश नारी’, ‘बेहुली’, ‘तिरहरी’, ‘स्वर्ग’, ‘नाता’, ‘आर्शिवाद’, ‘जन्म मत्यु’, ‘अजम्बरी नाता’, ‘रावण’, ‘अलविदा’ लगायत सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनी ‘सम्पति’, ‘पुकार’, ‘जन्मभूमि’ फिल्मका निर्देशक समेत हुन् । नेपाली कला, साहित्य, संस्कृति, फिल्म आदीमा भएको अतिक्रमणविरुद्ध लड्न उनले ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ समेत चलाउँदै आएका छन् ।

कलाकार संघको चन्द्रागिरी नगरपालिका वडा नं. १२ पुरानो नैकापमा भवन निर्माण भैरहेको छ । नेपाल सरकारले २०७७/७८ को आर्थिक वर्षको बजेटमा कलाकार संघको भवन निर्माणलाई आर्थिक सहयोग गर्ने घोषणा गरेपछि संघले नैकापमा जग्गा खरिद गरेर भवन निर्माण सुरु गरेको हो । कलाकार संघको भवन निर्माणका लागि सरकारले ५० लाख उपलब्ध गराएको जानकारी प्राप्त छ ।