Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बहुपति प्रथामा बनेको ‘टुल्की’ चैत्र ३ मा

फिल्मीखबर, काठमाडौं, 2023/01/01

tulkee new poster

 

हिमाली जिल्लामा प्रचलित बहुपति प्रथामाथि निर्माण भएको फिल्म ‘टुल्की’को प्रदर्शन मिति घोषणा गरिएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ र राष्ट्रिय टापी दिवसको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी चैत ३ गतेलाई प्रदर्शन मिति तोकिएको हो । अहिलेसम्म यो मिति अरु फिल्मले रोजेका छैनन् । पोस्टरमा कलाकारद्वय शिशिर वाङ्देल र स्वस्तिमा कार्की प्रस्तुत छन् ।

‘द पाल्म ग्रुप’को ब्यानरमा निर्माण भएको फिल्मलाई हिमाली जिल्ला डोल्पामा छायांकन भएको हो । देवजङ्ग थापाद्वारा निर्देशित फिल्ममा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा छन् । फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा लेखन निर्माता शेखर लामा स्वयंको छ ।

यस फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, संजिव सुब्बाको पार्श्व संगीत, लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी छ । फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतको पनि अभिनय रहेको छ । फिल्मलाई अभिनेत्री सुहाना थापा सिइओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले देशभर वितरण गर्नेछ ।