Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पारिवारिक प्रेम बोल्ने ‘फूलबारी’को मन बहकाउने गीत

फिल्मीखबर, काठमाडौं, 2022/12/31

BIPIN KARKI, ARUNA KARKI, DAYA HANG RAI, PRIYANKA KARKI

 

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया रैछ र भर रैछ नि’ बोलको गीतले पारिवारिक प्रेम बोल्छ । फिल्मभित्रका चल-अचल दृश्य समावेश गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर छ भने सदिक्क्षा कट्टेलले कालीलाई गायनमा साथ दिएकी छन् । गीतको अडियो पक्ष सशक्त र शब्दहरु मन बहकाउने छन् ।

फिल्ममा विपिन कार्की र अरुणा कार्की दाम्पतिको भूमिकामा रहेका छन् भने दयाहाङ राईको जोडी गौमाया गुरुङसँग र प्रियंका कार्कीको जोडी सोमनाथ खनालसँग बाँधिएको छ । फिल्ममा शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारी, सोफिया राईलगायतको अभिनय छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा फिल्म निर्माण भएको हो ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटासँगै अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । यसोदा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्मातामा छन् भने मनिष ढकाल निर्माता हुन् ।