Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाले ‘चि मुसी चि’ गर्नुको कारण पात्र र स्क्रिप्ट

फिल्मीखबर, काठमाडौं, 2022/12/31

Priyanka Karki

 

नाम चलेका कलाकारहरुको कमै रुचिमा पर्छ, हरर जनरा । नेपालमा यो जनराका फिल्म व्यवसायिक रुपमा सफल हुन नसकेका कारण पनि कलाकारहरु करिअरमाथि चुनौती मोल्न चाहँदैनन् । बरु, बजारले रुचाएकै फिल्मको पछि दौडिन्छन् । एउटै खालको फिल्म र चरित्रबाट बाहिर निस्कन चाहने कलाकारले भने हरर जनरा पनि रोज्ने गरेका छन् । प्रियंका कार्की यसको उदाहरण हुन् ।

फिल्म ‘आवरण’ र ‘माला’पछि उनले तेस्रो पटक हरर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’मा अभिनय गरेकी छन् । यही पुष २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म आफूले पात्र र स्क्रिप्ट मन परेपछि काम गरेको उनको भनाई छ । कहिले काहिँ आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर फरक-फरक जनराको फिल्महरुमा काम गर्न लोभ हुने प्रियंकाले बताएकी छन् ।

हरर फिल्म कलाकारको अभिनयले मात्र अब्बल नबन्ने उनको तर्क छ । ‘कलाकारले आफ्नोतर्फबाट उत्कृष्ट दिन प्रयास गर्ने हो । तर, हरर फिल्म अब्बल हुन कलाकारको अभिनयमा मात्र भर पर्दैन,’ उनी भन्छिन्, ‘छायांकन, साउन्ड, लाइटिङ धेरै कुराको हात रहन्छ । यी सबै कुरा नमिले हरर फिल्म अब्बल बन्दैन । मैले गर्न सक्ने भनेको त अभिनय हो र मैले न्याय गर्ने प्रयास गरेको छु ।’

‘चि मुसी चि’को स्क्रिप्ट आउँदा आफू एकदमै आकर्षित भएको उनी सम्झन्छिन् । फिल्ममा तामझाम र तछाड-मछाड नभएको तर बलियो कथावस्तुले दर्शकलाई बाध्ने उनको विश्वास छ । एउटा कलाकारले अर्को कलाकारसँग स्क्रिन शेयर नगरेता पनि पात्रबीचको कलेक्सनलाई निकै रोचक ढंगले देखाइएको प्रियंका बताउँछिन् । फिल्ममा उनको जोडी श्रीमान् आयुष्मान देशराज जोशी नै छन् ।