Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा

फिल्मीखबर, काठमाडौं, 2022/12/28

aadhi tufan 2

 

गत साउन २० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘आँधी तुफान २’ अन्तिम समयमा आएर पोस्टपोन्ड भयो । अब यो फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले आगामी माघ २७ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिए । वितरक कम्पनी आरआर फिल्म्ससँग छलफल गर्दै यो मितिमा प्रदर्शन गर्ने सहमति भएको उनले बताएका छन् ।

चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको फिल्ममा आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपालीलगायतको अभिनय छ ।

मदन घिमिरे निर्देशित फिल्ममा रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको गीतमा कोरियोग्राफी, अचुत गजुरेलको भिएफएक्स, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको शब्द रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको गायन छ भने मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्म उत्कृष्ट बनेको निर्माता श्रेष्ठको दाबी छ ।

२०६३ सालमा निर्माण भएको महेन्द्र बुढाथोकी निर्देशित फिल्म ‘आँधी तुफान’ सुपरहिट भएको थियो । पूजना प्रधान, ऋचा घिमिरे, रञ्जु लामिछाने, विक्रान्त बस्नेत, राजेश ढुंगाना मुख्य भूमिकामा थिए । दोस्रो श्रृंखलामा भने निर्देशक र कलाकार दोहोरिएका छैनन् । माघ २७ गतेलाई रिलिज मिति उल्लेख गर्दै चाँडै ‘आँधी तुफान २’को प्रचार सामाग्री सार्वजनिक गर्ने तयारीमा मौनता छन् ।