Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक करोड राशीको रियालिटी शोको जजमा दीलिपदेखि प्रियंकासम्म

फिल्मीखबर, काठमाडौं, 2022/12/28

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो आयोजना हुने भएको छ । ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को मंगलबार साँझ काठमाडौंका एक कार्यक्रमका बीच घोषणा गर्दै निर्णायक मण्डलको पनि परिचय गराइयो । यी दुवै रियालिटी शोका विजेताले १-१ करोड रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

dilip rayamajhi and priyanka karki


‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दीलिप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की, नरमन राई छन् भने ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । दुवै रियालिटी शोको फस्ट रनरअपले ३०-३० लाख र सेकेन्ड रनरअपले २०-२० लाख नगद राशी प्राप्त गर्ने जनाइएको छ ।

१६ वर्ष माथिका नेपाली भाषीहरुले यो दुवै प्रतियोगीतामा भाग लिन पाउने आयोजकले जनाएको छ । यो प्रतियोगीतामा भाग लिन चाहने नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् । फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले देशको कला-संस्कृति जोगाउन ‘मेरो डान्स यूनिभर्स’ र ‘मेरो भ्वाइस यूनिभर्स’को आयोजना गर्न लागेको बताए ।

 

dilip rayamajhi and priyanka karki


यी दुवै शोको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशनले नेपाल, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा देशहरुबाट नेपाली भाषीहरुको वृहत् सहभागीता रहने अपेक्षा गरेको छ । कार्यक्रममा संगीतकार रञ्जित गजमेर र अभिनेता राजेश हमालले फाउन्डेशनले गर्दै आएका कामको मुक्तकण्ठले प्रशंसा गरे ।