Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुष्प, साम्राज्ञी र सन्दिपलाई लिएर मोफसल यात्रामा हिँडे रमेश

फिल्मीखबर, काठमाडौं, 2022/12/27

आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’ले मोफसल यात्रा सुरु गरेको छ । मंगलवार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर र बिर्तामोड पुगेर पूर्णविराम लाग्नेछ । त्यसपछि काठमाडौं केन्द्रित प्रचार अभियान सुरु गर्ने योजनामा रहेको निर्माण टिमले मोफसल यात्रामा पत्रकार र दर्शकहरुसँग प्रत्यक्ष भेटघाट गर्नेछ ।

 

timro mero satha

 

मोफसल यात्रामा निर्देशक रमेश एमके पौडेल, कलाकारहरु साम्राज्ञी आरएल शाह, पुष्प खड्का र सन्दिप क्षेत्री छन् । फिल्मको सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको सकारात्मक प्रतिक्रियाले आफूहरु उत्साहित रहेको निर्देशक पौडेलले बताएका छन् । ताल नगरी पोखरामा पाएको न्यानो स्वागत र मायाले प्रफुलित पुष्प अन्य शहरमा पनि साथ र मायाको कमी नहुनेमा विश्वस्त छन् ।

 

timro mero satha (2)


कार्यकारी निर्माता सविर श्रेष्ठको लेखन रहेको फिल्ममा इमिली लामा, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीको पनि अभिनय छ । शिव ढकालको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेल निर्माता, निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह निर्मातामा छन् ।