Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने, ११ बजेपछि पनि फिल्म चलाउन पाइने

फिल्मीखबर, काठमाडौं, 2022/12/27

Film Development Board Building

 

चलचित्र विकास बोर्डविरुद्ध नेपाल चलचित्र संघले आन्दोलनको घोषणा गरेपछि बोर्डले सेन्सर सम्बन्धि नियम संशोधन गरेको छ । सोमवार बसेको बोर्डको बैठकले स्वदेशी तथा विदेशी फिल्मको सेन्सर सिफारिस लिनका लागि प्रदर्शन मितिभन्दा कम्तीमा सात दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब चार दिन अगावै दरखास्त पेश गर्दा हुने नयाँ निर्णय गरेको हो ।

त्यस्तै, बोर्डको बेलुकी ११ बजेपछि फिल्म प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले फिल्म प्रदर्शन गर्नुपर्ने र उक्त समयमा फिल्म प्रदर्शन गर्नु परेमा प्रदर्शन अगावै बोर्डलाई जानकारी गराए हुने निर्णय पनि गरेको छ । यसअघि बोर्डले विहान ६ बजेदेखि बेलुका ११ बजेसम्म शो निर्धारण गरेर फिल्म चलाउन प्रदर्शकहरुलाई निर्देशन दिएको थियो ।

फिल्म क्षेत्रका समस्या समाधानका लागि संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि बोर्ड सधैं तत्पर रहेको अध्यक्ष भुवन केसीले बताएका छन् । चलचित्र संघले एक हप्ता अगाडि सेन्सर सिफारिस लिनुपर्ने, ११ बजेपछि फिल्म प्रदर्शन गर्न नपाउने बोर्डको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेको थियो । बोर्डको नयाँ निर्णयले संघको आन्दोलनका कार्यक्रम स्थगित हुने देखिन्छ ।