Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चि मुसी चि’को प्रेमिल गीतमा निराश प्रियंका

फिल्मीखबर, काठमाडौं, 2022/12/26

हरर जनरामा निर्माण भएको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘कथा’ बोलको प्रेमिल भावको गीतमा म्यूजिक प्रोडुसर रोहित शाक्य, गायन विराज गौतम र त्रिसला गुरुङ, म्यूजिक कम्पोजर शाक्य र गौतम छन् भने शब्द रचना सौरभ श्रेष्ठ र गायक विराज गौतमको छ ।

 

Priyanka-Trishala-Biraj


गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीलाई प्राथमिकतामा राखिएको छ । उनी निराश मुद्रामा देखिएकी छिन् भने आयुष्मान देशराज जोशी उनको साहरा बनेका छन् । ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा पनि गीतमा फिचर्ड छन् । निर्देशक मर्ण जेम्सले यो गीतले फिल्मको मर्म बोल्ने बताइन् । गीतको शब्द, संगीत र गायन सबै पक्ष आफूलाई मन परेको उनको भनाई छ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा मर्ण र यश सैनीले मिलेर फिल्मको निर्देशन गरेका हुन् । भारतमा घटेको एक सत्य घटनामाथि निर्माण भएको फिल्ममा रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल, विभुती नेपाललगायतको पनि अभिनय छ । गौरवले यही फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । यस फिल्मले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउनेमा निर्माण पक्ष पूर्ण विश्वस्त छ ।

 

Priyanka-Trishala-Biraj


पुष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको निर्मातामा रिञ्जु केसी र प्रस्तुतकर्तामा अरुण चक्रावर्ती छन् । उच्च कोटीको हरर तथा थ्रिलर फिल्म हेर्ने दर्शकहरुको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्माता चक्रावर्तीको दाबी छ । यसअघि सार्वजनिक ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । एउटा बच्चीलाई बलि दिएको कथामाथि फिल्म बनेको हुनसक्ने ट्रेलरले बुझाउँछ ।