Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सुवेक्क्षालाई औंठी लगाउँदै प्रेमीले गरे बिहेको प्रस्ताव

फिल्मीखबर, काठमाडौं, 2022/12/26

subeksha khadka

 

मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता तथा अभिनेत्री सुवेक्क्षा खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् । आइतबार चितवनको बराही जंगल लञ्जमा प्रेमी आश्वासन जोशीले आफ्नो जन्मदिनको अवसरमा उनलाई हिराको औंठी लगाएर विवाहको प्रस्ताव राखेका हुन् । सुवेक्क्षाले पनि औंठी स्वीकार गर्दै विवाहका लागि मञ्जुरी जनाएकी छन् ।

प्रेमीले औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेको तस्बिर र भिडियो उनले इन्स्टाग्राममा साझेदार गरेकी छन् । प्राप्त जानकारी अनुसार, उनका प्रेमी जोशी अमेरिकामा बस्ने गर्दछन् । सुवेक्क्षा प्रेमीको जन्मदिन बनाउन केही दिनअघि चितवन पुगेकी थिइन् । प्रेमीले फिल्मी शैलीमा बिहेको प्रस्ताव राख्दा उनी अचम्मित परेकी थिइन् । यो जोडीलाई धेरै सेलिब्रेटीहरुले बधाई दिएका छन् ।

सुवेक्क्षाले फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । तर, फिल्म असफल हुँदा उनको करिअरले गति लिन सकेन । उनले डेब्यू फिल्म रिलिजको करिब तीन वर्षपछि लकडाउनको समयमा लभस्टोरी फिल्म ‘प्रेमा’मा काम गरेकी थिइन् । ‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीद्वारा निर्देशित यो फिल्म प्रदर्शनमा आउन बाँकी छ । फिल्ममा उनी शीर्ष भूमिकामा छिन् ।

खड्का बढीजसो स्टेज कार्यक्रममा व्यस्त हुने गर्छिन् । देशका कर्पोरेट हाउस र विभिन्न ठूला कार्यक्रममा उनलाई सञ्चालिकाको रुपमा सर्वाधिक खोजिने गरिन्छ । विज्ञापनहरुमा पनि उनको राम्रो माग छ । अब उनी अभिनेत्रीको रुपमा ‘प्रेमा’ले आफूलाई स्थापित गराउनेमा विश्वस्त छिन् । यो फिल्म रिलिज नहुँदासम्म उनी अर्को फिल्ममा काम गर्ने मनस्थितिमा पनि देखिएकी छैनन् ।