Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘डिसेम्बर फल्स’को गीतमा आर्यन र उपासनाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/12/24

aaryan sigdel and upasana shing thakuri

 

यही पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो के भयो ?’ बोलको गीतमा अस्मिता अधिकारी र मनिष ढकालको स्वर, सुशान्त गौतम र अनिल शर्माको शब्द र गौतम स्वयंको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ ।

रामप्रसाद रिजालले निर्माण गरेको फिल्ममा सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवारलगायतको पनि अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालका साथै राजकुमार भट्ट छन् ।

नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा महेश आर गुप्ताको छायांकन, विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।