Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिलन फिल्म बनाउने मेशिन हुन् ?

फिल्मीखबर, काठमाडौं, 2022/12/23

milan chams

 

फिल्म क्षेत्रभन्दा बाहेक सम्भवतः ज्यादै कमलाई थाहा छ कि निर्देशक तथा निर्माता मिलन चाम्स पूर्व ब्रिटिस आर्मी हुन् । उनको ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’को जन्म उनी पूर्व आर्मी हुनुकै एउटा नतिजा हो । सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको रणकौशलतामाथि उनले यो फिल्म बनाएका हुन् । यसलाई सिरिजको रुपमा निर्माण गर्ने उनको योजना छ ।

एक दशकदेखि फिल्म निर्माण तथा निर्देशनमा सक्रिय चाम्सले ‘हँसिया’, ‘वीर विक्रम’, ‘लिलिबिली’, ‘ब्लाइन्ड रक्स’, ‘बोबी’, ‘ह्याप्पी डेज’, ‘वीर विक्रम २’, ‘वर एन्ड बधु’को निर्देशन गरिसकेका छन् भने पाइपलाइनमा ‘एन्जिला’सहित अरु दुई/तीनवटा फिल्म छन् । एउटाको छायांकन सकिनसाथ चाम्स अर्को फिल्मको तयारीमा जुटिहाल्छन् । यसैले उनलाई फिल्म बनाउने मेशिन भन्ने गरिन्छ ।

के मिलन चाम्स फिल्म बनाउने मेशिन नै हुन् ? एक पत्रकारले बुधवार ‘गोर्खा वारियर’को टिजर रिलिज कार्यक्रममा सोधेको प्रश्नमा उनले हाँस्दै भने, ‘मेशिन भन्दा पनि दिमागले प्रोड्युस गर्ने हो । मेरो दिमाग धेरै चल्छ । रातदिन म फिल्मबारे नै सोच्ने हो । मेरो फिल्मप्रतिको प्यासन देखेर एउटा दिदीले रमाइलो जोक्स समेत बनाउनुभएको छ । म फिल्मबाहेक त केही सोच्न पनि सक्दिनँ ।’

युद्धमाथि बनेका फिल्ममा प्रायः ल्यान्डस्केप दृश्य बढी हुन्छन् । तर, ‘गोर्खा वारियर’को टिजरमा ‘क्लोज सट’ बढी छ । यसबारेमा प्रष्ट्याउँदै उनले भने, ‘यो जंगल बेस्ड फिल्म हो । जंगलमा फ्रेमिङ लगाउन एकदमै गाह्रो हुन्छ । एरियल सट खिच्दा जंगलै जंगल देखिन्छ अनि ‘वाइड सट’ खिच्यो भने पात्रै हराउँछ, जंगल मात्र देखिन्छ । जति देखाउन सक्थ्यौं त्यति देखाउने प्रयास गरेका छौं ।’