Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मानव अधिकार चलचित्र महोत्सवमा दयाहाङको ‘फोर नाइट्स’ उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2022/12/22

१०औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालीतर्फ दिपक रौनियार निर्देशित तथा अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भएको छ । त्यस्तै, डकुमेन्ट्री प्रतिस्पर्धातर्फ अनिल बुढामगरद्वारा निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट ठहरिएको छ । यी दुई फिल्मले अवार्डसहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन् ।

बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट सावित भयो भने अन्तर्राष्ट्रिय नन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस अफ द अर्थ’ उत्कृष्ट ठहरिन पुग्यो । यी दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार रुपैयाँ पनि प्राप्त गरे । महत्त्वपूर्ण विधामा अवार्ड जित्दा दुवै निर्देशक खुसी देखिए ।

 

award - dayahang rai


महोत्सवमा सम्राट खनालको ‘थ्रु द सिङ्गिङ भिलेजेज एण्ड डेथ्स् अन एक्सप्लेन्ड’, पिंकी श्री राना मगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा, टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मन फिल्ममेकर सेन्गिज अकेगनको ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन तथा काटोल्यन रोबेलो निर्देशित ‘मिजुको’ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाएका थिए ।

महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन गरियो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित यही पुष ३ देखि ६ गतेसम्म राजधानीको नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा भएको महोत्सवको समापनमा दीपक रौनियकर ‘फोर नाइट्स’ प्रदर्शन गरिएको थियो भने उद्घाटन सत्रमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स : टप अफ द वल्र्ड’ देखाइएको थियो ।

महोत्सवमा भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयक मास्टर क्लास दिएका थिए । त्यस्तै, ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, विज्ञ तथा फिल्मकर्मीहरुबीच प्यानल छलफल पनि भएको थियो । तीन दिनसम्म भएको महोत्सवमा उल्लेख्य संख्यामा फिल्मकर्मी र दर्शकको उपस्थिति थियो ।