Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञी कसरी छान्छिन् फिल्म ?

फिल्मीखबर, काठमाडौं, 2022/12/20

samragyee r l shah

 

अभिनेत्री साम्राज्ञी आरएल शाहको करिअर अहिले ‘पिकआवर’मा छ । फिल्म ‘ड्रिम्स’बाट सानदार डेब्यू गरेकी उनले दोस्रो फिल्म ‘ए मेरो हजुर २’बाट स्टारडम चुल्याइन् । तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले पनि उनलाई निराश बनाएन । तर, त्यसयता उनले आशा गरेका फिल्मबाट सफलता देख्न पाएकी छैनन् । यद्यपि, त्यसले उनको करिअरमा खासै ठूलो प्रभाव पारेको देखिएको छैन ।

उनलाई लिएर फिल्म बनाउन चाहने मेकरको संख्या ठूलो छ । तर, उनी फिल्म छनोटमा चुजी रहेको विश्लेषण हुने गर्छ । आखिर उनले फिल्म चाहिँ कसरी छान्छिन् त ? यसबारेमा मंगलवार ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, ‘स्क्रिप्टहरु आइरहेको हुन्छ । त्यसमध्ये १० प्रतिशत राम्रो स्क्रिप्ट छुट्याउँछु र त्यसमध्ये पनि राम्रो छुट्याएर छान्छु । अनि, टिम पनि हेर्ने गर्छु ।’

आफूले अभिनय गरेका हरेक फिल्मले राम्रो व्यापार गरोस् भन्ने चाहना हुने गरेको उनको भनाई छ । ‘आफूले काम गरेको फिल्म नचलोस् भन्ने कहाँ हुन्छ र ! राम्रो चलोस्, निर्माताको लगानी सुरक्षित होस् भन्ने त भइहाल्छ नि,’ उनले भनिन् । ‘तिम्रो मेरो साथ’को ट्रेलरमा उनले साहित्यिक भावका शब्दहरु बढी बोलेको देखिन्छ । तर, ती शब्दहरु बोल्न केही कठीन भएको उनको अनुभव छ ।

उनी भन्छिन्, ‘साहित्यिक शब्दहरु कसरी प्रष्टसँग बोल्ने भनेर म सविर श्रेष्ठ दाईसँग सल्लाह लिइरहेको हुन्थेँ । मैले ती शब्दहरु प्रष्ट बोल्न खोजेर मात्र पनि हुँदैन थियो । किनकि, त्यसको अर्थ थाहा नपाई अभिनय गर्न गाह्रो हुन्छ । त्यसैले हरेक सिन र हरेक डाइलगको बारेमा म सविर दाईसँग बसेर सल्लाह लिन्थेँ ।’ फिल्ममा आफ्नो भूमिका दर्शकलाई रोचक लाग्ने उनको विश्वास छ ।