Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.64/5.00)
Text size:-
+
-

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ ट्रेलरमा प्रेम र विश्वासघात

फिल्मीखबर, काठमाडौं, 2022/12/20

Samragyee RL Shah, Puspa Khadka, Sandip Chhetri

 

निर्माता रमेश एमके पौडेलद्वारा निर्देशित पहिलो फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारलाई साक्षी राख्दै सार्वजनिक गरिएको कलरफूल ट्रेलरमा प्रेम र मित्रतामा विश्वासघातले उत्पन्न परिस्थितिलाई देखाइएको छ । २ मिनेट ५५ सेकेन्ड लम्बाईको ट्रेलरमा प्रेमिल र वियोगान्त संवादलाई विशेष स्थान दिइएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक पौडेलले फिल्म स्तरीय बनेको दाबी गरे । अमेरिकामा फिल्म मेकिङको अध्ययन गरेका उनले आफ्नो निर्देशनबाट सन्तुष्ट रहेको बताए । उनले यसअघि ‘रुद्रप्रिया’, ‘रज्जा रानी’लगायतका फिल्म निर्माण गरेका थिए । यही पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको छ ।

फिल्ममा खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको पनि अभिनय छ । फिल्मको यसअघि टिजरसँगै ‘रुमाल बाटेर टाई बनाम्’ र ‘जोश छ जवानीको’ गीत सार्वजनिक भइसकेका छन् । ‘मारुनी’पछि पुष्प र साम्राज्ञीले दोस्रो पटक एकसाथ काम गरेका हुन् । साम्राज्ञीले पुनः पुष्पसँग काम गर्दा पाउँदा रमाइलोका साथै सहज पनि भएको अनुभव साटिन् ।

फिल्ममा निर्देशक पौडेल स्वयंको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा/संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन, योगेशकाजी शाह र सुभाष भुषालको संगीत छ ।