Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘हात्तीछाप’मा सौगात मुनाफाको हिस्सेदारीमा

फिल्मीखबर, काठमाडौं, 2022/12/20

saugat malla

 

नेपाली अभिनेताहरु दिनानुदिन महंगा हुँदै गइरहेका छन् । एक/दुईवटा फिल्म सुपरहिट भएपछि प्रायःले पारिश्रमिक चर्को बनाउने गर्छन् । अहिले नाम चलेका कलाकारले बुझ्ने पारिश्रमिकले लगभग एउटा फिल्म नै बन्छ । हिरोको अभावले निर्माताहरु पनि महंगो पारिश्रमिक तिर्न बाध्य छन् । कति निर्माताहरुले भने मनपरी पारिश्रमिक दिने गरेका छन्, जसले अस्वस्थ प्रतिस्पर्धा जन्मिएको छ ।

कोरोना महामारीले फिल्म क्षेत्र ठप्प हुँदा स्टार कलाकारले पारिश्रमिक घटाएर अब निर्माता बचाउनु पर्ने बहस भएको थियो । केही कलाकार यसमा सहमत पनि भएका थिए । तर, महामारी मत्थर भएसँगै सबै कुरा सकिए । अहिले कलाकारहरुबीच पारिश्रमिक कसले बढी लिने भन्ने होडबाजी नै चलेको छ । तर, केही कलाकारहरु पारिश्रमिकभन्दा प्रोफिट शेयरतर्फ आकर्षित भएका छन् ।

महंगा अभिनेतामा गनिने सौगात मल्लले हालै सम्झौता गरेको फिल्म ‘हात्तीछाप’मा पारिश्रमिक लिएका छैनन् । अभिनेता दयाहाङ राईलाई तीस लाख तिरेका निर्माता किरण नेपाली सौगातलाई २० लाख तिर्न तयार थिए । उनले खल्तीमै चेक बोकेर हिँडेका थिए । तर, सौगातले निर्मातालाई उक्त पैसा फिल्म निर्माणमा खन्याउन आग्रह गर्दै आफू मुनाफाको हिस्सेदारीमा बसेको स्रोत बताउँछ ।

प्रोफिट शेयरमा बस्नु आफैंमा जोखिमपूर्ण हो । फिल्म हिट भए मात्र पैसा आउँछ । फ्लप भए एक रुपियाँ पनि आउँदैन । कलाकार प्रोफिट शेयरमा बस्दा निर्मातालाई भने सहज हुन्छ । कलाकारलाई तिर्नुपर्ने रकम फिल्म निर्माणमा लगाउन पाउँछन् र लागत उत्ति बढ्दैन । पछिल्लो समय बलिउडका स्टारहरुले प्रोफिट शेयरमै काम गर्छन् । नेपालका नायकहरु भने यसलाई जोखिम मान्छन् ।