Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

बिहेपछि फिल्ममा फर्किँदै सलोन, ‘जय हो’मा टेक निर्देशक

फिल्मीखबर, काठमाडौं, 2022/12/19

tek paurakhi rai and salon basnet

 

गत मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका अभिनेता सलोन बस्नेत अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनी चाँडै पिता शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘जय हो’मा काम गर्दैछन् । सोमवार यो फिल्मका लागि निर्देशनमा शोभितले टेक पौरखी राईसँग सम्झौता गरेका छन् । टेकले यसअघि सलोनलाई लिएर फिल्म ‘मिलन’ बनाएका थिए ।

माघ अन्तिम सातादेखि छायांकनमा निस्कने फिल्मलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिने शोभितले जानकारी दिए । सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ । एक्सन-लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा सागर आले मगरको संगीत रहनेछ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । फिल्ममा राम्जी राउत क्रियटिभ निर्देशकमा रहनेछन् । सलोनले विवाहपछि छायांकनमा फर्किन आफू उत्साहित रहेको बताएका छन् । फिल्म राम्रो बन्ने उनको विश्वास छ ।