Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङपछि ‘हात्तीछाप’मा भित्रिए सौगात

फिल्मीखबर, काठमाडौं, 2022/12/19

saugat malla

 

यस वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ गरी दुई सफल फिल्म दिएका सुपरस्टार द्वय दयाहाङ राई र सौगात मल्लले फिल्म ‘हात्तीछाप’मा पुनः एकसाथ काम गर्ने भएका छन् । दयाहाङ भित्रिएको तीन दिनमा आइतवार सौगात पनि फिल्ममा अनुबन्धित भए । दुवै स्टारले २० लाखको आसपास पारिश्रमिक बुझेको विश्वस्त स्रोतले जानकारी दिएको छ । यो फिल्मको निर्देशन सिमोस सुनवारले गर्दैछन् ।

‘दुई नम्बरी’का निर्माता किरण नेपालीले ‘हात्तीछाप’ बनाउन लगेका हुन् । उनले सौगातसँग तेस्रो र दयाहाङसँग दोस्रो सहकार्य गर्न लागेका हुन् । त्यस्तै, सौगात र निर्देशक सुनवारले यसअघि फिल्म ‘झ्यानाकुटी’मा सहकार्य गरेका थिए । सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन् । उनले स्क्रिप्ट लेखनबापत १५ लाख पारिश्रमिक लिएका छन् ।

फिल्मलाई आगामी चैत्रबाट सुरु गर्ने योजना निर्माता नेपालीको छ । उनी ‘दुई नम्बरी’ रिलिज लगत्तै फिल्म ‘पोइ पर्‍यो बुढो’ बनाउने तयारीमा थिए । तर, प्रदीपले सुनाएको कथा मन परेपछि उनले उक्त फिल्मलाई पछि सार्दै ‘हात्तीछाप’लाई अगाडि सारेका हुन् । फिल्मका लागि अभिनेत्रीको टुंगो लागेको छैन । गोप्य स्रोतका अनुसार, अभिनेत्रीमा उपासना सिंह ठकुरीलाई अफर गरिएको छ ।