Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘महापुरुष’ : हिरोको चर्चा हुँदा हिरोइन छायाँमा परेकी हुन् ?

फिल्मीखबर, काठमाडौं, 2022/12/18

anjana baraili

 

महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरुष’ले दुईटा महत्त्वपूर्ण रेकर्ड बनाएको छ । पहिलो, यस वर्षको दोस्रो ५१ दिन मनाउने फिल्म र दोस्रो, यस वर्षको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म । शनिबार प्रदर्शनको ५१औं दिने यात्रा पार गरेको फिल्मले यो अवधिमा करिब ११ करोडको कमाई गरेको छ । प्रदर्शनको तीन हप्ता फिल्मको कमाई आक्रामक थियो ।

यो फिल्म ब्लकबस्टर हुँदा निर्देशकदेखि कलाकारसम्मलाई फाइदा पुगेको छ । निर्देशक प्रदीप भट्टराईले चौंथो पटक सफलताको स्वाद चाखेका छन् भने ‘दाल भात तरकारी’बाट आलोचना खेपेका महजोडीले राहतको सास फेरेका छन् । त्यस्तै, यो फिल्मबाट डेब्यू गरेका अरुण क्षेत्रीले अभिनयको वाहवाही मात्र बटुलेका छैनन्, उनी धेरै निर्माता तथा निर्देशकको रोजाईमा पनि परेका छन् ।

तर, ‘महापुरुष’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अञ्जना बराईलीको भने खासै चर्चा हुन सकेको छैन । अभिनय राम्रो हुँदा हुँदै पनि महजोडी र अरुणको अभिनयको चर्चाले उनी छायाँमा परेको देखिन्छ । शनिबार फिल्मको सेलिब्रेसन कार्यक्रममा पत्रकारले अञ्जनालाई सोधे- ‘आफ्नो खासै चर्चा नहुँदा मनमा केही खड्किएको छ ?’ उनले आफ्नो लागि चर्चा महत्त्वपूर्ण नरहेको बताइन् ।

उनले हँसिलो भावमा भनिन्, ‘हलबाट बाहिरिने अडियन्सले अरुणलाई जस्तै मलाई पनि उतिक्कै माया दर्शाउनु भएको छ । बरु अरुणले कति बुबा-आमालाई गालामा चुम्बन गरिरहेको हुन्थ्यो तर मलाई आमा-बुबाले नै छोरी भन्दै चुम्बन गर्नुहुन्थ्यो । आर्शिवाद दिनु हुन्थ्यो । चर्चाभन्दा पनि ठूलो आर्शिवाद हो जस्तो लाग्छ । मलाई आमा-बुबाले दिनुभएको आर्शिवादबाट एकदमै खुसी छु ।’