Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षय र कार्तिकलाई सोचेर ‘हेरा फेरी ३’का लागि दुईवटा स्क्रिप्ट लक

एजेन्सी, मुम्बई, 2022/12/15

Firoz Nadiadwala locks 2 scripts of Hera Pheri 3 – One for Akshay Kumar and  another for Kartik Aaryan : Bollywood News - Bollywood Hungama

 

बलिउडको हिट फिल्म ‘हेरा फेरी’को तेस्रो श्रृंखला निर्माणको चरणमा छ । अघिल्ला दुई श्रृंखलाका कुन-कुन कलाकार दोहोरिन्छ भन्ने निश्चित भइसकेको छैन । तर, ‘हेरा फेरी’ श्रृंखलाका प्रमुख कलाकार अक्षय कुमारलाई रिप्लेस गरेर निर्माण टिमले अभिनेता कार्तिक आर्यनलाई साइन गरेको व्यापक चर्चा छ । तर, दर्शकबाट उक्त फिल्ममा अक्षय नै हुनुपर्ने दबाब चर्को रुपमा उठेको छ ।

एकातिर निर्माता फिरोज नाडियाडवालालाई अक्षयबिना फिल्म बनाउँदा दर्शकले रिजेक्ट गर्ने डर छ भने अर्कोतिर उनी अक्षयको पारिश्रमिक थेग्न सक्ने अवस्थामा छैनन् । यही कारण उनले फिल्मको स्क्रिप्ट नै दुईवटा लक गरेका छन् । अक्षयसँग सहमति भए उनका लागि एउटा स्क्रिप्ट तयार छ । नभए कार्तिकलाई सोचेर अर्को स्क्रिप्ट तयार गरिएको बलिउड हंगामाले उल्लेख गरेको छ ।

फिल्मसँग जोडिएका एक पात्रले भनेका छन्, ‘कास्टिङलाई लिएर दबाब बढेपछि निर्माता फिरोजले अक्षयसँग फेरि ‘हेरा फेरी ३’का लागि कुराकानी सुरु गरेका छन् । तर, कुरा मिल्न त्यत्ति सहज छैन । उता फिरोजले कार्तिक आर्यनसँग पेपरवर्क नै गरिसकेका छन् र कार्तिक फिल्ममा काम गर्न उत्साहित छन् । अक्षयसँग सहमति नजुटे फिरोजले कार्तिकलाई लिएर नै फिल्म बनाउनेछन् ।’

‘हेरा फेरी ३’मा कार्तिक भित्रिएको चर्चापछि सोसल मिडियामा आएका प्रतिक्रियाले फिरोजलाई अक्षयसँग पुनः कुराकानी गर्न बाध्य बनाएको हो । स्रोत भन्छ, ‘फिरोजले दुईवटा स्क्रिप्ट लक गरेका छन्, एउटा अक्षय कुमारका लागि र अर्को उनीबिना । अक्षयसँग अहिले कुराकानी भइरहेको छ र समस्या सुल्झ्याउने प्रयास जारी छ । तर, सम्झौता भएपछि मात्र फाइनल कास्टबारे थाहा हुनेछ ।’