.jpg)
एक हप्ता लामो नेपाल भ्रमणमा आएका बलिउड सुपरस्टार विवेक ओबरोयले पवित्र तीर्थस्थल पशुपतिनाथको दर्शन गरेका छन् । बिहीवार विहान दुई सन्तान, श्रीमती र आमा बुबाको साथमा उनले पशुपतिनाथको दर्शन गरेका हुन् । त्यहाँ उनले करिब १ घन्टा विताएका थिए । पशुपतिनाथ मन्दिरमा पूजाआजापछि बाहिरिने क्रममा विवेकलाई नेपाली प्रशंसकले तस्बिरका लागि घेरेका थिए ।
पहिलो पटक नेपाल आएका विवेकले पशुपतिनाथको दर्शक गर्ने इच्छा पूरा भएकोमा खुसी व्यक्त गरे । पशुपतिनाथमा पूजाआजा गरेपछि मन शान्त भएको उनको भनाई छ । गौशलास्थित होटल द्वारिकामा बसेका उनले दिउँसो परिवारको साथमा चन्द्रागिरीको भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपाल बसाईको क्रममा पोखरा, लुम्बिनी, सगरमाथा बेसक्याम्प, पुनहिलको पनि भ्रमण गर्नेछन् ।
बिहीवार साँझ काठमाडौं ओर्लेका उनले भूगोल, संस्कृति, रितिरिवाज, रहनसहनका कारण आफूलाई भारत र नेपाल उस्ता उस्तै लाग्ने बताएका थिए । व्यवसायी तथा माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रिय सदस्य पुनम यादवले नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देयले विवेकलाई नेपाल ल्याएकी हुन् । उनीहरुबीच पारिवारिक र व्यवसायिक सम्बन्ध समेत छ ।
विवेकसँगै नेपाल आएका उनका पिता सुरेश पनि भारतका प्रशिद्ध कलाकार हुन् । ५० बढी हिन्दी फिल्ममा अभिनय गरिसकेका विवेकले कयैन् साउथ फिल्ममा पनि काम गरेका छन् । पछिल्लो समय उनी भिलेनको भूमिकामा बढी जमेका छन् । अभिनयसँगै व्यवसायमा पनि सक्रिय रहेका ओबरोयले आफ्नो थरबाट खोलेको होटलको भारतसँगै विदेशमा समेत चेन विस्तार गरेका छन् ।

