Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गुञ्जन’ पोस्टरमा प्रितमसँग रोमान्टिक सारा

फिल्मीखबर, काठमाडौं, 2022/12/13

Poster-gunjan

 

द्वन्द्व निर्देशकको रुपमा स्थापित अष्ट महर्जनद्वारा निर्देशित पहिलो फिल्म ‘गुञ्जन’को एक रोमान्टिक पोस्टर सार्वजनिक भएको छ । आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको मंगलवार सार्वजनिक पोस्टरमा मुख्य कलाकार द्वय सारा सिरपाइली र प्रितमराज सेन्चुरी फिचरिङ छन् । रोमान्टिक मुद्रामा प्रस्तुत यो जोडी क्यूट देखिएको छ भने केमेस्ट्री सुहाएको छ ।

फिल्ममा सारा र प्रितमका साथै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतको पनि अभिनय छ । प्रितमराजले यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् । त्यस्तै, यो फिल्मबाट साराले करिब ३ वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए।एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा खिचिएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराजसँगै कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । फिल्मको वितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछ ।