Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

‘चि मुसी चि’ टिजरमा थ्रिल, सस्पेन्स र हररको समिश्रण

फिल्मीखबर, काठमाडौं, 2022/12/12

Priyanka and Ayushman

 

मल्टीस्टारर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को टिजर युट्युब रिलिज भएको छ । सोमबार सार्वजनिक १ मिनेट २३ सेकेन्ड लम्बाईको टिजरमा थ्रिल, सस्पेन्स र हररको समिश्रण छ । पृष्ठभूमिमा सुनिने संगीत डर पैदा गराउने खालको छ भने पात्रहरुको अनौठो गतिविधिले कौतुहलता जगाउँछ । हरर-थ्रिलर जनरा मनपर्ने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्ने देखिन्छ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा मर्ण जेम्स र यश सैनी निर्देशित फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टको अभिनय रहेको छ । नाम चलेका यी कलाकारलाई एकसाथ पर्दामा हेर्न दर्शकका लागि पनि रोचक हुनेछ । फिल्मले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड स्थापित गर्नेमा निर्माण पक्ष विश्वस्त छ ।

फिल्ममा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्देशक मर्ण जेम्स बताउँछन् । फिल्मको निर्मातामा रिञ्जु केसी छिन् भने प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् । नेपालमा उच्च कोटीको हरर फिल्म हेर्ने दर्शकको चाहना पूरा गर्ने हिसाबले ‘चि मुसी चि’को स्टोरी, छायांकन र पोस्ट प्रोडक्सनको काम गरेको प्रस्तुतकर्ता अरुणले बताएका छन् ।