Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सम्झना विर्सना’मा काम गरेर पछुताएकी पूजा !

फिल्मीखबर, काठमाडौं, 2022/12/12

Pooja Sharma

 

अहिलेकी हटकेक अभिनेत्री पूजा शर्माको यस वर्ष दुई फिल्म प्रदर्शनमा आए, ‘सम्झना विर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ । दुवै व्यापारिक हिसाबले वर्षकै फ्लप सावित भए । यी दुवै फिल्ममा उनको अपोजिटमा अभिनेता आकाश श्रेष्ठ थिए । आकाशसँग सम्बन्ध विग्रिएको समयमा रिलिज भएका यी दुईमध्ये उनलाई ‘सम्झना विर्सना’मा काम गरेर गल्ती गरेको महसुस हुन थालेको छ ।

यो फिल्म रिलिजको समयमा विभिन्न विवाद जन्मिएको थियो । ‘हाँस्ने खेल्ने बेलैमा’ गीत छायांकनको क्रममा आकाशसँग बोलचाल नभएको, हलमा दर्शकको चाप देखाउन फ्यान किनेको र २० लाख पारिश्रमिक लिएर फिल्मको प्रचार-प्रसारदेखि हल भिजिटमा साथ नदिएकोसम्म आरोप पूजामाथि लागेको थियो । यसैले उनी यो फिल्मलाई आफ्नो करिअरकै गलत छनोट मान्न थालेकी छन् ।

हालै एक अन्तर्वार्तामा पूजाले तत्कालै रिलिज भएको एक फिल्ममा गरेर आफू पछुताएको बताएकी छन् । उनले आँ गर्दा अलङ्कार बुझ्ने भाषामा भनेकी छन्, ‘एउटा लेटेस्ट रिलिज भएको फिल्ममा काम गरेर गल्ती गरेँ जस्तो लाग्छ ।’ उनले नाम नलिए पनि त्यो फिल्म ‘सम्झना विर्सना’ नै हो भन्ने दुधे बच्चाले पनि बुझ्छ । किनकि, यो फिल्मको टिमले उनीमाथि विभिन्न आरोप लगाएको थियो ।

उक्त अन्तर्वार्तामा पूजाले पूर्व रिलेसनसिपको बारेमा पनि खुलेर बोलेकी छन् । उनले कसैको नाम नलिइ भनेकी छन्, ‘प्रेम सम्बन्ध सुरु भएको १ महिनादेखि नै मलाई शंका लाग्न थालेको थियो । तर, आज सुध्रिन्छ, भोली सुध्रिन्छ भन्दा भन्दै सम्बन्ध नै सकियो ।’ उनको यो भनाई अभिनेता आकाश श्रेष्ठप्रति लक्षित रहेको धेरैको आँकलन छ । पूजा अहिले युद्ध बानियाँको प्रेम सम्बन्धमा छिन् ।