Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘तिम्रो मेरो साथ’को क्लब गीतमा साम्राज्ञीको मादकता

फिल्मीखबर, काठमाडौं, 2022/12/08

Samragyee RL Shah and  Puspa Khadka

 

आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको रमेश एमके पौडेलद्वारा निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’को क्लब गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जोश छ जवानीको’ बोलको आइटम गीतमा फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाहको मादकता छल्किएको छ । उनी बोल्ड अवतारमा प्रस्तुत छिन् ।

योगेश काजी शाह र सारिका घिमिरेको स्वर रहेको गीतमा निर्देशक पौडेलकै शब्द रचना र गायक शाहको संगीत छ । भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतमा साम्राज्ञीले नृत्यमा गरेको मिहेनत देखिन्छ । तर, गीतको कोरियोग्राफी पक्ष बलिउड फिल्म ‘रागिनी एमएमएस २’को ‘बेबी डल’ गीतबाट प्रभावित देखिन्छ । तर, रामजीले कोरियोग्राफी प्रभावित नभएको दाबी गरे ।

फिल्ममा साम्राज्ञीका अलावा पुष्प खड्का, सन्दिप क्षेत्री, खड्क बहादुर पुन, इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय रहेको छ भने विशेष भूमिकामा कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् । फिल्मको यसअघि ‘रुमाल बाटेर टाई बनाम्’ बोलको डान्सिङ गीत सार्वजनिक भएको थियो, जसले यूट्युब रिलिजको एक महिनामा १३ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ ।

फिल्ममा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित यस फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा/संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन, योगेशसँगै सुभाष भुषालको संगीत छ ।