Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिंघम अगेन’मा अजयको जोडी दीपिका

एजेन्सी, मुम्बई, 2022/12/08

Ajay Devgn REACTION On Deepika Padukone JNU Visit

 

बलिउड निर्देशक रोहित शेट्टी आफ्नो हिट फिल्म ‘सिंघम’को तेस्रो सिरिज निर्माणको तयारीमा छन् । अभिनेता अजय देवगनलाई नै पुनः मुख्य भूमिकामा अनुबन्ध गर्दै उनले ‘सिंघम अगेन’का लागि अभिनेत्री पनि छनोट गरेका छन् । यसपटक ‘सिंघम’ फ्रेन्चाइजमा नायिका दीपिका पादुकोणको इन्ट्री भएको छ । फिल्ममा दीपिका भित्रिएको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले दिएका छन् ।

‘सिंघम’का अघिल्ला दुवै श्रृंखलामा अजय मुख्य भूमिकामा थिए भने पहिलो पार्टमा काजल अग्रवाल र दोस्रो पार्टमा करीना कपूरको अभिनय थियो । तेस्रो सिरिजका लागि निर्देशक शेट्टीले दीपिकालाई चयन गरेका हुन् । फिल्ममा दीपिका महिला प्रहरी अफिसरको भूमिकामा हुने तरणले उल्लेख गरेका छन् । उनले यसअघि रोहितसँग सुपरहिट फिल्म ‘चेन्नई एक्सप्रेस’मा सहकार्य गरेकी थिइन् ।

सन् २०११ मा प्रदर्शित ‘सिंघम’ तमिल फिल्म ‘सिंघम’को हिन्दी रिमेक थियो भने सन् २०१४ मा आएको ‘सिंघम रिर्टन्स’ मलयालम फिल्म ‘एकलव्यन’बाट प्रभावित थियो । ‘सिंघम अगेन’को छायांकन आगामी अप्रिलमा हुनेछ । यो फिल्म पनि ‘सिंघम’का अघिल्ला शृंखलाजस्तै एक्सन प्रधान हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । अजय पुनः एकपटक प्रहरीको अवतारमा प्रस्तुत हुनेछन् ।