Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

परिवारसहित नेपाल आउँदै विवेक ओबेरोय

फिल्मीखबर, काठमाडौं, 2022/12/06

Vivek Oberoi Takes A Dig At Nepotism & Existence Of 'Darbars' In Bollywood:

 

बलिउड सुपरस्टार विवेक ओबेरोय परिवारको साथमा नेपाल आउने भएका छन् । उनी यही डिसेम्बर १४ तारिख (मंसिर २८ गते) नेपाल आउन लागेका हुन् । उनले एक भिडियो सन्देशमार्फत् आफू श्रीमती, सन्तान र आमा-बुबाको साथमा नेपाल आउन लागेको जानकारी दिँदै नेपालको विभिन्न ठाउँ घुम्ने बताएका छन् । उनलाई व्यवसायी पुनम यादवको सुमहले नेपाल ल्याउन लागेको हो ।

विवेकले डेढ मिनेटको भिडियो सन्देशमा भनेका छन्, ‘म परिवारसँग नेपाल घुम्नका लागि आउँदैछु । मलाई नेपाल आउन खुल्ला हृदयले निमन्त्रणा गरेकोमा पर्यटन क्षेत्र, नेपाल सरकार, नेपालीलाई धन्यवाद भन्न चाहन्छु । नेपालसँग भारतको सम्बन्ध सांस्कृतिक सम्पदा, धार्मिक, ऐतिहासिक रुपमा मात्र नभएर विभिन्न हिसाबले जोडिएको छ । नेपालीहरु हाम्रै हुन् र हामी पनि नेपालीका हौं ।’

आफ्नो २० वर्षको करिअरमा नेपालबाट अथाह माया मिलेको बताउँदै ओबेरोयले विश्वभरका मानिसलाई नेपालको सुन्दर ठाउँ घुम्न आउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘लुम्बिनीमा भगवान् गौतम बुद्धको जन्म भएको थियो, त्यहाँ ठूलो कार्यक्रम हुँदैछ । म त्यो कार्यक्रममा सहभागी हुनेछु । नेपालीको प्रतिभालाई संसारमा चिनाउन मेरोतर्फबाट पनि सानो भूमिका रहनेमा विश्वस्त छु ।’

विवेकको नेपाल बसाई एक हप्ताको हुने पुनमले बताइन् । दुई दिन काठमाडौं बसेर उनी पोखरा प्रस्थान गर्नेछन् । त्यतैबाट उनले परिवारको साथमा हलिकप्टरमार्फत् सगरमाथा बेसक्याम्पको भ्रमण गर्नेछन् भने काठमाडौं बसाईको क्रममा पशुपतिनाथको पनि दर्शन गर्ने पुनमले जानकारी दिइन् । विवेक र पुनमबीच पारिवारिक सम्बन्ध पनि छ । उनीहरुबीच धेरै पटक भेट भइसकेको छ ।

 

punam yadav and vivek


पुनमले अघिल्लो वर्ष हिन्दी गीत ‘इबादत’को निर्माण गरेकी थिइन् । भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको पप चार्टबस्टर्स नामक यूट्युब च्यानलबाट उक्त गीत सावएजनिक भएको थियो । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब सबरीको स्वर रहेको थियो । सफल व्यवसायीको रुपमा चिनिएकी पुनम यादव चाँडै नेपाली फिल्म निर्माणको तयारीमा पनि छिन् ।