Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोनलाई जुम्ल्याहा बच्चाको रहर

फिल्मीखबर, काठमाडौं, 2022/12/05

salon basnet and karishma kc

 

यो एक हप्तामा मिडियामा सबैभन्दा बढी चर्चा भएकै अभिनेता सलोन बस्नेतको विवाहको हो । मेहेन्दीदेखि रिसेप्सन पार्टीसम्मका समाचार र गसिपले युट्युब र मिडियाको ट्रेन्डिङ कब्जा गरेको छ । यही मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग लगनगाँठो कसेका सलोनलाई बिहेको दिनदेखि बच्चाको प्रश्न आउन सुरु भएको छ । र, अब यो प्रश्न मिडियाबाट उनलाई नियमित आउनेछ ।

आइतवार अभिनेता आमेश भण्डारीले सलोन र करिश्मालाई बिहेको उपहारस्वरुप तयार पारेको गीत सार्वजनिक कार्यक्रममा पनि बच्चाको प्रश्न छुटेन । सलोनले पनि हाँस्दै भने, ‘अहिले बच्चाबारे सोचेका छैनौं । भर्खर विवाह सकिएको छ । विस्तारै सबै कुराहरु सहज बन्दै गएपछि बच्चाको बारेमा पनि सोचौंला । केही वर्ष त लाग्छ ।’ उनले आफूलाई जुम्ल्याहा बच्चाको रहर रहेको बताए ।  

रिसेप्सनमा केही फिल्मकर्मीले सलोन र करिश्मालाई एकसाथ फिल्ममा हेर्ने इच्छा रहेको बताएका थिए । तर, यो सम्भव नभएको सलोन बताउँछन् । उनले भने, ‘उसले विवाहका लागि त पाँच दिन छुट्टी मिलाउनु परेको थियो । फिल्म झन् १/२ महिना छायांकन गर्नुपर्छ । उसलाई फिल्म गर्ने इच्छा पनि छैन ।’ सलोनको कुरामा करिश्माले टाउको हल्लाएर फिल्म गर्ने इच्छा नभएको बताइन् ।

सलोन र करिश्माको भेट एक गीतको लागि भएको थियो । ‘रुम नं. १०८’ गीतलाई मोडल खोज्ने क्रममा उनीहरुको एकअर्कासँग भएको थियो । गीतका लागि छानिएका अरु मोडलभन्दा सलोनलाई करिश्मा सबैभन्दा बढी मन परेको रहेछ । गीत छायांकन गर्ने बेलामा आमेश भण्डारीसँग करिश्मा कसको जोडी भन्नेमा झगडा समेत परेको र त्यसमा आफ्नो जित भएको सलोन बताउँछन् ।