Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

छायांकन नसकिँदै अनमोलको ‘छड्के २’को जापान राइट्स बिक्यो

फिल्मीखबर, काठमाडौं, 2022/12/04

anmol kc

 

नयाँ छिमलका सुपरस्टार अनमोल केसीलाई फिल्ममा साइन गराएदेखि नै निर्माताले पैसा छाप्न थाल्छन् । उनको नामले फिल्मको डिजिटल राइट्स र ओभरसिज राइट्स महंगोमा विक्री हुने गरेको छ भने वितरकहरुले पनि मोटो रकम एमजी दिने गरेका छन् । यसैक्रममा, अनमोल अभिनीत नयाँ फिल्म ‘छड्के २’को छायांकन नसकिँदै धमाधम ओभरसिज राइट्स विक्री हुन सुरु भएको छ ।

यतिबेला चितवनमा क्लाइमेक्सको छायांकन भइरहेको फिल्मको यसै साता जापान राइट्स विक्री भएको छ । वर्षौं रंग पत्रकारिता गरेर अहिले जापानलाई कर्मथलो बनाएका सचिन आचार्यले नमस्ते टोक्यो नामक संस्थाबाट महंगोमा फिल्मको जापान राइट्स खरिद गरेका हुन् । उनले फिल्मको खरिद मूल्य भने खुलाएका छैनन् । तर, अरु फिल्मभन्दा महंगोमा किनेको उनको भनाई छ ।

सचिनले फिल्मीखबरसँग भने, ‘हामीले जापानको मार्केटलाई मुल्यांकन गरेर पर्याप्त रकम तिरेका हौं । जापान राइट्सको मूल्यबाट निर्माता पनि खुसी छन् । जापानमा अनमोलको राम्रो फ्यान फलोइंग रहेकाले पनि ‘छड्के २’को राइट्स खरिद गरेका हौं ।’ मार्च ५ मा फिल्म टोक्योमा रिलिज हुनेछ भने त्यसपछि क्रमशः फुकुओका, चिबा, नागोया, सेन्दाईलगायतका शहरहरुमा प्रदर्शन हुनेछ ।

आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘छड्के २’मा अनमोलका अलावा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको अभिनय छ । निगम श्रेष्ठद्वारा लिखित तथा निर्देशित फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ, कार्यकारी निर्मातामा लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल छन् । फर्स्टलुक पोस्टर सार्वजनिक भएदेखि नै यो फिल्म चर्चामा छ ।