Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्तोष सेनविरुद्धको उजुरी निर्माता संघले गर्‍यो खारेज

फिल्मीखबर, काठमाडौं, 2022/12/02

santos sen

 

फिल्म ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध चलचित्र निर्माता संघमा आर्थिक लेनदेनको विषयमा परेको उजुरी खारेज भएको छ । सिक्किम निवासी राम गोपाल राईले मंसिर ११ गते संघमा ४ करोड ८४ लाख ५० हजार फिर्ताको माग गर्दै सेनविरुद्ध उजुरी दर्ता गरेका थिए । तर, शुक्रवार संघले बोलाएको छलफलमा राई उपस्थित नभएपछि उजुरी खारेज गरिएको हो ।

राम गोपाल राईले निर्माता सन्तोष सेनबाट रकम फिर्ताको माग गर्दै निवेदनको साथमा बुझाएको कागजातको सक्कल प्रति पेश गर्न नसकेको, शुक्रवार छलफलका लागि बोलाउँदा सन्तोष सेन मात्र उपस्थित भएको तर राई उपस्थित नभएको, निवेदन पुष्टि हुने कुनै पनि आधार नदेखिएको भन्दै निर्माता संघले राईले दिएको निवेदन खारेज गरेको हो । अब यो विषयमा संघले छलफल गर्ने छैन ।

राईले मंसिर ११ गते वर्ल्डवाइड डिजिटल अधिकार लिने समझदारी गर्दै नेपाली ४ करोड ८० लाख दिएको र मुम्बई जाँदा लागेको ४ लाख ५० हजार हवाई टिकटसहित ४ करोड ८४ लाख ५० हजार फिर्ता गराइदिन माग गर्दै निर्माता संघमा उजुरी दर्ता गरेका थिए । शुक्रवार दिउँसो सन्तोषले पनि राईसँग भएको सम्झौताको पत्र सार्वजनिक गरे । जसमा राईले गरेको दाबी झुटो देखिन्छ ।