Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.33/5.00)
Text size:-
+
-

के ‘साङ्लो २’ बनाउँदैछन् विराज भट्ट ?

फिल्मीखबर, काठमाडौं, 2022/12/02

biraj bhatt

 

नेपाली फिल्ममा आफ्नो रजगज रहँदै सुपरस्टार विराज भट्ट भोजपुरी हानिएका थिए । त्यहाँ उनले छोटो समयमै आफूलाई स्थापित गरे । सय बढी भोजपुरी फिल्ममा अभिनय गरिसकेका उनले रोज राणाको ‘जय पशुराम’बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । यसपछि उनले आफ्नै डेब्यू निर्देशनमा पछिल्लो पटक फिल्म ‘साङ्लो’ बनाए । फिल्ममा उनकै निर्माण र अभिनय थियो ।

एक्सनका पारखीलाई ‘साङ्लो’ले केही हदसम्म तिर्खा मेटायो । फिल्मले व्यापार पनि राम्रै गरेको थियो । तर, यसपछि विराज पुनः भोजपुरी फर्किए । अब भने उनले ‘साङ्लो २’ निर्माण गर्न लागेको चर्चा चलेको छ । केही हप्तादेखि काठमाडौंमा रहेका उनले यसै साता अभिनेता राजेश हमालसँग भेट गरेका छन् । उनले हमालसँग फिल्ममा सहकार्यको प्रस्ताव राखेको निकट स्रोत बताउँछ ।

तर, विराजले ‘साङ्लो २’ ढिलो-चाँडो निर्माण हुने भए पनि राजेश हमालसँग फिल्मको बारेमा छलफल गर्न भेट नभएको बताएका छन् । ‘फिल्म त बनाइएला तर कहिले बनाइन्छ मिति तोकिसकेको छैन,’ उनले हमालसँग भेटको कारणबारे भने, ‘राजेश दाईसँग मैले धेरै फिल्ममा काम गरेको छु र दाईले माया गर्नुहुन्छ । यसो चिया-कफिका लागि भेटेका थियौं । फिल्मको कुरा भएको छैन ।’


 

शुक्रबार (आज) बाट विराज भट्ट अभिनीत भोजपुरी फिल्म ‘वध’ भारतको यूपी, बिहार, झारखण्ड, कलकत्ता र पञ्जाबमा प्रदर्शनमा आएको छ भने डिसेम्बर ९ बाट मुम्बई, महाराष्ट्र, गुजरात, दिल्ली, चण्डीगढलगायतका शहरमा प्रदर्शन हुँदैछ । पहिलो पटक २ सयभन्दा बढी मल्टीप्लेक्समा रिलिज हुने ‘वध’ पहिलो भोजपुरी फिल्म पनि बनेको छ । उनी यो फिल्मलाई लिएर उत्साहित छन् ।