Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अस्प्रिनाको अध्ययनका कारण सलिनको बिहे धकेलियो

फिल्मीखबर, काठमाडौं, 2022/12/01

salinman and sprina

 

‘स्टाइलिस स्टार’ सलिनमान बनियाँ डेब्यू फिल्म ‘ए मेरो हजुर २’मा काम गर्नुभन्दा अगावैदेखि प्रोफेसनल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा थिए । उनले कहिल्यै प्रेम सम्बन्ध लुकाउन जरुरी पनि ठानेनन् । सामाजिक सञ्जालमा उनले अस्प्रिनासँगका रोमान्टिक तस्विरहरु बाक्लै रुपमा साझेदार गरिरहेका हुन्छन् भने मिडियामा पनि प्रेम सम्बन्धको बारेमा खुलेरै बोल्ने गरेका छन् ।

सलिन र अस्प्रिनाले यस वर्ष बिहे गर्ने योजना बनाएका थिए । दुवै पक्षका परिवारको समेत विवाहको विषयमा छलफल भइसकेको थियो । तर, यो जोडीको विवाह १/२ वर्ष पछाडि धकेलिएको छ । बुधवार नवविवाहित जोडी सलोन बस्नेत र करिश्मा केसीको रिसेप्सन पार्टीमा उपस्थित हुने क्रममा सलिनमानले अस्प्रिनाको अध्ययनका कारण १/२ वर्षपछि मात्र विवाह हुने जानकारी दिए ।

केही समयदेखि सलिनकी प्रेमिका सिंगापुरमा अध्ययन गरिरहेकी छन् । उनले मेकअपकै विषयमा अध्ययन गरिरहेको जानकारी प्राप्त छ । अस्प्रिनाको अध्ययन सकिएपछि मात्र विवाह गर्ने तयारीमा उनीहरु छन् । गत वर्ष सलिनले प्रेमिकालाई एक करोडभन्दा बढी मूल्यको गाडी उपहार दिएको कुराले ठूलो चर्चा बटुलेको थियो । उनलाई नेपाली फिल्मको धनाड्य अभिनेता भन्ने गरिन्छ ।

सालिन र भद्र अभिनेताको रुपमा चिनिने सलिनले दोस्रो फिल्म ‘यात्रा’पछि नयाँ फिल्म साइन गरेका छैनन् । उनलाई लिएर फिल्म बनाउन चाहने मेकर धेरै भए पनि उनी आफैंले इच्छा नदेखाएको बताइन्छ । उनी खासमा एक्सन फिल्ममा काम गर्न चाहन्छन् । तर, सलिनको लुक्स लभस्टोरी फिल्मका लागि परफेक्ट मानिन्छ र मेकरहरु पनि उनलाई लभस्टोरी फिल्ममै खेलाउन चाहन्छन् ।