Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कृतिको स्पष्टिकरण- ‘प्रभाससँगको प्रेम चर्चा अफवाह हो’

एजेन्सी, मुम्बई, 2022/11/30

Prabhas' Adipurush co-star Kriti Sanon says she would 'marry' him amid  dating rumours; Fans go gaga | PINKVILLA

 

बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेम सम्बन्धमा रहेको चर्चाले यतिबेला बलिउड गर्माएको छ । तर, कृतिले प्रभाससँग अफेयरको विषयमा मुख खोलेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् प्रभाससँग प्रेम सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी छन् । एक रियालिटी शोमा अभिनेता वरुण धवनले मजाक गर्दै भनेको कुराले अफवाहको रुप लिएको उनको भनाई छ ।

उनले इन्स्टामा लेखेकी छन्, ‘न यो प्रेम हो न पिआर । हाम्रो भेडिया (वरुण धवन) एक रियलिटी शोमा केही बढी नै वाइल्ड भएको थियो । उसको मजाकपछि कयौं अफवाह फैलियो । कुनै पोर्टलले मेरो विवाहको मिति घोषणा गर्नुपूर्व म स्पष्ट पार्न चाहन्छु कि यो अफवाहबाट टाढा रहनुस् । यो अफवाह गलत छ । यसमा कुनै सत्यता छैन ।’ उनले गलत समाचारबाट बच्न आग्रह गरेकी छन् ।

हालै वरुण र कृति फिल्म ‘भेडिया’को प्रमोसन गर्नका लागि एक टिभी रियालिटी शोमा पुगेका थिए, जहाँ करण जोहरले वरुणसँग सिंगल अभिनेत्रीहरुको नाम सोधे । तर, वरुणले कृतिको नाम लिएनन् । कृतिको नाम नलिएको विषयमा करणले सोधेपछि उनले भने, ‘कृति त कसैको दिलमा छ र त्यो व्यक्ति अहिले दीपिका पादुकोणसँग छायांकनमा छ ।’ उनले प्रभासको नाम भने लिएनन् ।

 

ये है कृति का सोशल मीडिया पोस्ट।


प्रभास अहिले दीपिकासँग निर्देशक नाग अश्विनको फिल्ममा काम गरिरहेका छन् । वरुणले दीपिकासँग काम गरिरहेको व्यक्ति भनेर प्रभासको नाम इंकित गरेका थिए । यसपछि मिडियामा कृति र प्रभास प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । तर, कृतिले प्रभाससँगको अफेयरलाई झुट भनेकी छन् । यो जोडीले पहिलो पटक एकसाथ फिल्म ‘आदिपुरुष’मा स्क्रिन साझेदारी गरेको छ ।