Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाहको न्यायको माग गर्दै रक्तदान हुने

फिल्मीखबर, काठमाडौं, 2022/11/30

paul shah

एक नाबालिगले जबर्जस्ती करणीको आरोपमा नवलपुर र तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएपछि अभिनेता पल शाहले विगत १० महिनादेखि जेलबाटै अदालतको चक्कर काटिरहेका छन् । गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश जारी गरेपछि पल अहिले जिल्ला कारागार तनहुँमा छन् ।

नवलपुर अदालतले पलमाथि लागेको आरोपको विषयमा फैसला गरिसकेको भए पनि तनहुँ जिल्ला अदालतमा मुद्धा विचाराधिन छ । पलले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन पनि गरिसकेका छन् । उनी उच्च अदालतले आफूलाई न्याय दिने आशामा छन् । उनका प्रशंसकहरु पनि उनी निर्दोष ठहर भएर जेलमुक्त भएको हेर्ने प्रतिक्षामा बसेका छन् ।

यसबीच, पलका फ्यानहरुले उनको न्यायको माग गर्दै एक पुण्य कार्य गर्ने भएका छन् । पल शाह फ्यान क्लबले मंसिर १७ गते बसन्तपुरमा रक्तदानको आयोजना गर्न लागेको हो । विहान ८ बजेबाट रक्तदान सुरु हुनेछ । पल कानुनी झमेलामा फस्नुअघि यो क्लबले उनको जन्मदिनमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको थियो । अब उनको न्यायको माग गर्दै रक्तदान गर्न लागेको हो ।

पल शाहले म्यूजिक भिडियो र फिल्मबाट असंख्य प्रशंसक कमाएका छन् । उनलाई तनहुँ प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहँदा उनको रिहाईको माग गर्दै सडकमा उर्लिएको भीडले पनि त्यो प्रमाणित गर्छ । उनलाई जेलमा पनि फिल्म अफरको कमी छैन । यतिबेला उनी तीनवटा फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेको बताइएको छ । उनले नियमित जिम पनि गर्दै आइरहेका छन् ।