Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘गोर्खा वारियर’ पोस्टर : विजय लामादेखि रितेशसम्मको योद्धा अवतार

फिल्मीखबर, काठमाडौं, 2022/11/29

gorkha wariwor

 

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक तीनवटा पोस्टरमा फिल्मका प्रमुख पात्रहरु विजय लामा, रितेश चाम्स, रियर राईलगायतले युद्ध मैदानमा देखाएको बहादुरीलाई चित्रण गरिएको छ । पोस्टर हेर्दा गोर्खा सैनिकको बहादुरी र युद्धका विषय मनपर्ने दर्शकहरुलाई फिल्मले आकर्षित गर्ने देखिन्छ ।

१९४९ मा भएको विश्व युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा निर्माण भएको फिल्मलाई अर्को वर्ष (२०२३) मा रिलिज गर्ने योजनामा निर्देशक चाम्स छन् । यो फिल्ममा रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतको पनि अभिनय छ । ‘गोर्खा वारियर’लाई सिरिजको रुपमा निर्माण गर्ने चाम्सको योजना छ ।

लन्डन सिनेआई प्रडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मको निर्मातामा सुस्मिता वाइवा र सुमन राई, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा सुरेश राई छन् । यस फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको छायांकन, अर्जुन बीसीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत र एलिस कार्कीको संगीत छ ।