Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

वरुण स्टारर ‘भेडिया’को तगडा कमाई

एजेन्सी, मुम्बई, 2022/11/28

Bhediya Movie

 

वरुण धवन र कृति सेनन अभिनीत फिल्म ‘भेडिया’ कमाईको मामलामा तगडा देखिएको छ । अजय देवगन स्टारर फिल्म ‘दृश्यम २’सँगको प्रतिस्पर्धाको बाबजूद फिल्मको पहिलो विकेन्ड सानदार रह्यो । फिल्मले तीन दिनमा २८ करोड ५५ लाखको सुखद् अंक जोडेको छ । फिल्मले पहिलो दिन ७ करोड ४८ लाख, दोस्रो दिन ९ करोड ५७ लाख र तेस्रो दिनमा ११ करोड ५० लाख कमायो ।

‘वर्ड अफ माउथ’ राम्रो मिलेका कारण ‘भेडिया’ले सोमवार पनि सुखद् कमाई गर्ने आँकलन गरिएको छ । चौंथो दिनबाट फिल्मले ५/७ करोडको कमाईलाई जारी गरेको खण्डमा एक हप्तामा ६० करोडसम्म कमाई गर्न सक्नेछ । ‘भेडिया’ ६० करोडमै निर्माण भएको हो । यसहिसाबले यो फिल्म यस वर्षको हिट बन्ने सम्भावना प्रवल छ । अमर कौशिकले फिल्मको एक्सन-कट गरेका हुन् ।

हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि एकसाथ प्रदर्शनमा आएको फिल्ममा वरुण धवन र कृति सेननका अलावा अभिषेक बनर्जी र दीपक डोबरियालको पनि महत्त्वपूर्ण भूमिका छ । कमेडी-हरर जनरामा निर्माण भएको फिल्मको भिएफएक्स र छायांकन पक्षको प्रशंसा भइरहेको छ भने वरुणले अभिनयमा वाहवाही बटुलेका छन् । दर्शकलाई यस फिल्मको कन्सेप्ट नवीन र पृथक लागेको छ ।